१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा लोहनीले भने – ‘कांग्रेस, एमाले र माओवादीले देशलाई अराजकताको भुमरीमा जाके’

२३ फाल्गुन २०७४, बुधबार ०८:३१

फ़ागुन २३, त्रिशूली (रासस) | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा भागबण्डाको राजनीति गरेका कारण जनताले दुःख पाइरहेको बताउनु भएको छ । 

मंगलबार विदुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देशलाई अराजकताको भुमरीमा जाकेको आरोप लगाउनुभयो । डा लोहनीले देश र जनताप्रति होइन, यसअघिका सरकारले आफ्ना परिवार, नातेदार तथा कार्यकर्ताको माया मात्रै गरेर सरकारी ढुकुटीबाट ठूलो रकम बाँड्ने र राजनीतिक नियुक्ति गरेका कारण गलत परिपाटी बस्न गएको बताउनुभयो । 

उहाँले अब देशमा शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय तथा रोजगारीका लागि आन्दोलन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो । अध्यक्ष डा लोहनीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्था भएमा देशमा सन्तुलन कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म निरपेक्षताको नाममा देश अस्थिरतातर्फ बढेको छ । धर्म निरपेक्ष हटाउनुपर्छ । साथै, एउटा राजा हुनेमा अहिले सयौँ राजा बनेर देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।” 

कार्यक्रममा अतिथिको रुपमा उपस्थित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालका दल तथा तिनका नेताहरुमा जनताप्रति उत्तरदायी हुने भावना नभएकै कारण देशमा विभिन्न समस्या सिर्जित भइरहेको बताउनुभयो । 

सो दलका महामन्त्रीद्वय श्याम तिमिल्सिना, भरतजंग उप्रेती, सहप्रवक्ता जनकराज पाठक, केन्द्रीय सदस्यद्वय गोकर्ण सिटौला र झनक प्याकुरेलले देशमा संक्रमणकाल अन्त्यका लागि राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह