१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा नेपाली काँग्रेसको कार्यकर्ता भेला: के-के भए निर्णय ?

२३ फाल्गुन २०७४, बुधबार ०८:३४

फागुन २३, लिबाङ | विभिन्न चरणका निर्वाचनमा पराजित भए पनि नेपाली काँग्रेस नीति, सिद्धान्त र विचारले पराजित नभएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । 

कार्यक्रमका सहभागीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सतिसालको रूख जस्तै अडिग रहेको हुँदा कुनै पनि हालतमा विचलित नभएको र विचलित नहुने बताएका हुन् । 

विगतका कमीकमजोरी सच्याउँदै अबका दिनमा गुटउपगुटको राजनीति छोडेर एक ढिक्का भई पार्टीका विभिन्न गतिविधिलाई चलायमान गराउनुपर्ने उनीहरुको सुझाव छ । नेपाली काँग्रेस रोल्पाको आयोजनामा मंगलबार रोल्पाको लिबाङमा सम्पन्न पार्टी संगठन सुदृढीकरण तथा रणनीति निर्माणका लागि जिल्लास्तरीय कार्यकर्ता भेला तथा समीक्षा कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् । 

भेलाले वडापालिकादेखि जिल्ला समन्वय समितिसम्मका सम्पूर्ण स्थानीय तहमा छाया सरकार गठन गर्ने, पार्टी संगठन सुदृढीकरण अभियानलाई कार्यतालिका एवम् कार्ययोजना निर्माण गरी अभियान सञ्चालन गर्ने, नेपाली काँग्रेस रोल्पाको निर्माणाधीन भवनलाई पूर्णता दिनका लागि गत वर्ष भएको निर्णयलाई कार्यान्वयन गर्ने आदि निर्णय गरेको छ । 

जनताको इच्छाविपरीत गरिएको गाउँपालिकाको नामाकरणका विषयमा जनताका बीचमा पुगी सल्लाह सुझाव लिई कडा रुपमा प्रस्तुत हुने र सुकिदह गाउँपालिकाका प्रमुख वीरबहादुर भन्ने भीउदे खत्रीको दोहोरो नागरिकताका विषयमा कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई दबाब दिने, गतवर्ष स्थानीय तहको निर्वाचनअगाडि अर्बाैंको बजेट उपभोक्ता समितिबाट निर्माण भएका योजनाको अनुगमन गरी अनियमितताका बारेमा कडा रुपमा प्रस्तुत हुने र जनतालाई सुसूचित गर्ने लगायतका निर्णय गरिएको नेपाली काँग्रेस रोल्पाले जनाएको छ । 

पूर्व सिँचाइ राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसि‌ंह पुनको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवम् पूर्व राज्यमन्त्री सुरेन्द्र हमालको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा पूर्वसहायकमन्त्री एवम् पार्टी सल्लाहकार भीमकुमारी बुढामगर, नेपाली काँग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तिमगर, अर्का पूर्वसभापति एवम् सल्लाहकार माधवप्रसाद आचार्य, लुंग्री गाउँपालिकाका प्रमुख दुर्गाबहादुर खड्का, सोही गाउँपालिकाका उपप्रमुख भीमकली बुढाथोकी, नेकाँ रोल्पाका उपसभापति किशोरकुमार आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह