१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

२३ फाल्गुन २०७४, बुधबार १३:५१

फागुन २३,काठमाण्डौ। निर्वाचन आयोगले फागुन २९ गते सम्पन्न हुने राष्ट्रपतिको निर्वाचनको लागि बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । बुधबार प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवज्यूको अध्यक्षतामा बसेको निर्वाचन आयोगको बैठकले फागुन २९ गते सम्पन्न हुने राष्ट्रपतिको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले फागुन २३ गते देखि लागू हुने गरी निर्वाचन आचारसंहिता, २०७२ जारी गरेको हो । निर्वाचन आचारसंहिता देहाय बमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने निर्वाचन आयोगले जनाएको छ–

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,

(ख) प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,

(ग) स्थानीय तह,

(घ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,

(ङ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,

(च) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,

(छ) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,

(ज) निर्वाचनको काममा संलग्न कर्मचारी,

(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,

(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,

(ट) सार्वजनिक पद धारण गरेको व्यक्ति,

(ठ) पर्यवेक्षक,

(ड) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,

(ढ) निजी तथा गैरसरकारी संस्था,

(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह