२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरसफाइ सरकारको उच्च प्राथमिकतामा छ: प्रधानमन्त्री ओली

२०७४, २४ फाल्गुन बिहीबार ०७:००

पूर्णप्रसाद मिश्र/फागुन २४, काठमाडौँ | विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ । 

वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । 

ज्ञापनपत्र बुझ्नुहँदै प्रधानमन्त्री ओलीले सरसफाइ सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “राजधानीलगायत देशभर चलेको सफाइ अभियानका बारेमा म जानकार छु, अभियान अझै विस्तारित र सशक्त बनाउन आवश्यक छ, यसका लागि सरकारले सहयोग गर्छ, सरसफाइ वर्ष घोषणाका लागि के के तयारी गर्नुपर्छ, त्यो सबै गरेर ल्याउन सम्बन्धित मन्त्रालयलाई भन्नेछु”, उहाँले भन्नुभयो । 

सरसफाइ वर्ष घोषणा गर्न आवश्यक नीति निर्माणको गृहकार्य पनि सरकारले अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । सरसफाइ जनस्वास्थ्य र सभ्यतासँग जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ थियो । यसमा सरसफाइ वर्षको घोषणा गरी सरकारले नयाँ कामको थालनी गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभएको ज्ञापन पत्र बुझाउन जानुभएका गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिका संयोजक खेम शर्माले राससलाई जानकारी दिनुभयो । 

‘समृद्ध नेपालको निर्माणका लागि पहिलो कदमका रुपमा सम्पूर्ण देशलाई सफा र स्वच्छ बनाउने उद्देश्यले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न नेपाल सरकारलाई विशेष अनुरोध गर्दछौँ र यस पुनीत कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ व्यहोरामा पूर्वराष्ट्रपति डा रामवरण यादव र पाँच जना पूर्वप्रधानमन्त्रीसहित आर्थिक, सामाजिक, धार्मिक, पुरातात्विक, कलाकारिता, पत्रकारितालगायत क्षेत्रका १७६ विशिष्ट व्यक्तिले हस्ताक्षर गर्नुभएको छ । 

सरसफाइ वर्ष घोषणाको माग गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री हिसिला यमी, नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

यसैगरी नायिका एवम् वाग्मती सफाइ सद्भावनादूत मनीषा कोइराला, नायक राजेश हमाल, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहाल र व्यवसायीले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गर्नुभएको छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले माग पत्रमा हस्ताक्षर गर्दै ‘हरेक व्यक्तिमा सफाइका विषयमा सचेतना जगाउन विसं २०७५ सफल हुन सकोस्’ भन्ने कामना गर्नुभएको छ । सरसफाइ वर्ष घोषणासँगै जथाभावी फोहर गर्नेलाई कारबाहीका लागि कडा कानून बनाई कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरु गर्ने तयारी भएको छ । 

नायिका एवम् वाग्मती सफाइदूत कोइरालाले सफा नेपाल बनाउनु सबै नेपालीको कर्तव्य हुनुपर्ने उल्लेख गर्नुहुँदै जन्मभूमिको सफाइमा जुट्न सरसफाइ वर्षको आवश्यकता रहेको हस्ताक्षर पत्रमा उल्लेख गर्नुभएको छ । साहित्यकार डा झमककुमारी घिमिरेले नेपाल सफा, नेपाली मन सफा, स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने धारणाप्रति ऐक्यबद्धता जनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिनुपर्ने उल्लेख गर्नुभएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ । उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ । उपत्यकाबाट शुरु भएको अभियान हाल देशव्यापी बनेको छ । प्रमुख शहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन