१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्: गृहमन्त्री थापा

२४ फाल्गुन २०७४, बिहीबार ०९:५१

फागुन २४, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ । 

आज यहाँ अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिनुभयो । 

अध्यागमनको छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । यो क्षेत्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई सोही अनुसार गम्भीर रुपमा लिनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो । विश्वका अपराधीहरुले सहजै प्रवेश पाउनसक्ने मुलुकका रुपमा नेपाललाई चिनिनबाट रोक्न पनि सुरक्षाको पाटोलाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुन सके देशकै सुरक्षा र स्थायित्वमा सुधार आउने उहाँको भनाइ छ । अध्यागमनलाई स्रोत साधन सम्पन्न गर्न तथा आवश्यक तालीमका लागि मन्त्रालयबाट पूर्ण रपमा सहयोग हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र विकसित मुलुकका अध्यागमनले दिनेजस्तै सेवा, सुविधा र प्रविधि सहितको कार्यालय हुने गरी काम शुरु गर्नुहोस्, सरकारले आवश्यक आर्थिक सहयोग गर्छ ।” 

अध्यागमनका कर्मचारीले आफूलाई मालिकका रुपमा होइन सेवकका रुपमा उभ्याउन उहाँले निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरुलाई भन्नुभयो, ‘‘तपार्इंहरु भोलि सेवानिवृत्त भएपछि साधारण नागरिकका रुपमा अध्यागमनबाट जुन किसिमको सेवाको अपेक्षा गर्नुहुन्छ, सोही अनुरुपको व्यवहार आज तपाईंहरुले गर्नुहोस् ।” 

कार्यक्रममा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विभागको वर्तमान अवस्था र कामकारबाहीबारे मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह