२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्: गृहमन्त्री थापा

२०७४, २४ फाल्गुन बिहीबार ०९:५१

फागुन २४, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ । 

आज यहाँ अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिनुभयो । 

अध्यागमनको छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । यो क्षेत्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई सोही अनुसार गम्भीर रुपमा लिनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो । विश्वका अपराधीहरुले सहजै प्रवेश पाउनसक्ने मुलुकका रुपमा नेपाललाई चिनिनबाट रोक्न पनि सुरक्षाको पाटोलाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुन सके देशकै सुरक्षा र स्थायित्वमा सुधार आउने उहाँको भनाइ छ । अध्यागमनलाई स्रोत साधन सम्पन्न गर्न तथा आवश्यक तालीमका लागि मन्त्रालयबाट पूर्ण रपमा सहयोग हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र विकसित मुलुकका अध्यागमनले दिनेजस्तै सेवा, सुविधा र प्रविधि सहितको कार्यालय हुने गरी काम शुरु गर्नुहोस्, सरकारले आवश्यक आर्थिक सहयोग गर्छ ।” 

अध्यागमनका कर्मचारीले आफूलाई मालिकका रुपमा होइन सेवकका रुपमा उभ्याउन उहाँले निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरुलाई भन्नुभयो, ‘‘तपार्इंहरु भोलि सेवानिवृत्त भएपछि साधारण नागरिकका रुपमा अध्यागमनबाट जुन किसिमको सेवाको अपेक्षा गर्नुहुन्छ, सोही अनुरुपको व्यवहार आज तपाईंहरुले गर्नुहोस् ।” 

कार्यक्रममा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विभागको वर्तमान अवस्था र कामकारबाहीबारे मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन