१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महरा नै बन्ने भए सभामुख, एमालेको प्रस्ताव माओवादीले मानेन

२५ फाल्गुन २०७४, शुक्रबार ०४:३७

फागुन २५, काठमाडौं । माओवादी केन्द्रका कृष्णबहादुर महरालाई नै सभामुख बनाउन माओवादी केन्द्रले निर्णय लिएको छ । यस अघि एमालेका सुवास नेम्वाङलाई सभामुख बनाउन एमालेले प्रस्ताव गरेको थियो तर माओवादीले भने उक्त प्रस्तावलाई अस्विकार गर्दै महारालाई नै सभामुख बनाउने निर्णय गरेको हो । 

माओवादी केन्द्रको केहि बेर अघि बसेको बैठककले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस संगै उनिनै सभामुख बन्ने पक्का भएको हो । पुर्व सहमति अनुसारनै राष्ट्रपति र प्रधानमन्त्री आफुले राखेर एमालेले माओवादीलाई सभामुख दिने सहमति जनाएको थियो तर बिहिबार एमालेले पुर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन माओवादीसँग प्रस्ताव गरेको थियो । तर माओवादी बैठकले महरालाईनै उम्मेदवार बनाउने निर्णय लिएपछि एमाले ब्याक हट्ने भएको छ । 

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । जसको लाग बिहिबार र आज शुक्रबार विहानसम्म पनि लबिङ गरेको थियो । तर माओवादी केन्द्रले उक्त प्रस्ताव अस्विकार गरेको छ । एमालेले सभामुखमा पनि आकांक्षा देखाएपनि माओवादी नेताहरुले बिरोध जनाएका थिए । उनीहरुले सबै प्रमुख पद एमालेलाई दिएर माओवादी केन्द्र भूमिका बिहिन बन्न नहुने भन्दै बिरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह