२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेशका मन्त्रीहरु केमा व्यस्त छन् ?

२५ फाल्गुन २०७४, शुक्रबार १४:५६

- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मन्त्रीको आचारसंहिता बनाउँदै ।

- कानून मन्त्री नरेश भण्डारीको ‘जनतासँग एकदिन’ कार्यक्रम सुरू 

- सामाजिक विकास मन्त्री दल रावल दैनिक औपचारिक कार्यक्रममा ।

- उद्योग मन्त्रालय अहिले ‘रारा कर्णाली महोत्सव’मा केन्द्रित । - 

- भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री अनुगमनमा व्यस्त ।

- भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी आर्गानिक प्रदेश

  बनाउने अभियानका लागि सुझाव संकलनमा

फागुन २५, सुर्खेत | सबैभन्दा छिटो प्रदेशको नाम र राजधानी टुंग्याएको कर्णाली प्रदेशको सरकार नियमित कामसँगै कानून निर्माणमा जुटेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म दुई पटक मन्त्रिपरिषद् बैठक बसेको छ । ती बैठकमा तत्काल विभिन्न मन्त्रालयमा कानूनको अभाव देखिएको निष्कर्षपछि अहिले मन्त्रालय आफूलाई चाहिने कानूनको मस्यौदा बनाउँदै छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मन्त्रीको आचारसंहिता बनाउँदै छ। कार्यसम्पादन, कार्यविभाजनजस्ता आवश्यक नियमावली बनाएर कार्यान्वयनमा ल्याइसकेको मुख्यमन्त्रीको कार्यालय मन्त्रीका लागि आचारसंहिता बनाउन लागेको हो। बजेट ल्याउन आवश्यक पर्ने कार्यविधिको पनि मस्यौदा बन्दै गरेको प्रमुखसचिव सुरेश प्रधानले जानकारी दिए।‘मन्त्रालयलाई कम्तीमा दुई÷दुई वटा कानून बनाएर पेश गर्न निर्देशन दिइएको छ, मन्त्रालयले त्यसैमा काम गरिरहेका छन्,’ प्रमुखसचिव प्रधानले भने, ‘हामी विशेषगरी बजेट ल्याउन आवश्यक पर्ने आर्थिक कार्यविधि बताउनतर्फ लागेको छौं, त्यो अबको केही दिनमा तयार हुन्छ।’

प्रदेशमा रहेका क्षेत्रीय कार्यालय विघटन नहुँदा र खटाइएका कर्मचारी प्रदेश नपुग्दा परेका अप्ठेरोको गुनासो बोकेर मुख्यमन्त्री शाही केही दिनअघि काठमाडौं गए।काठमाडौंमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर क्षेत्रीय कार्यालय विघटन र कर्मचारीका व्यवस्था गरिदिन आग्रह गरे। प्रधानमन्त्रीसँग छलफल गरेर मुख्यमन्त्री शाही सुर्खेत फर्किइसकेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बिहीबारदेखि ‘जनतासँग एकदिन’ कार्यक्रम सुरू गरेका छन्। उक्त कार्यक्रमअन्तर्गत उनी महिनामा एक दिन फरक÷फरक ठाउँका सर्वसाधारणको घरमा बस्नेछन्।‘जनतासंग एक दिन’ कार्यक्रम विशेष गरी गरिब, विपन्न तथा सुकुम्बासी बस्तीमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्री दल रावल दैनिक औपचारिक कार्यक्रमसँगै शुभचिन्तक भेटघाटमा बित्छ। मन्त्रालयसँग सम्बन्धित औपचारिक कार्यक्रम जिल्लामा बढी हुने गरेका कारण उनी ती कार्यक्रममा सहभागी हुने गरेका छन्।सामाजिक विकास मन्त्रालयका कर्मचारी भने अहिलेसम्म पनि कार्यालय तथा कार्यकक्ष व्यवस्थापनमै व्यस्त छन्। कार्यकक्ष व्यवस्थापनदेखि अन्य व्यवस्थापनको काम अझै नसकिएको व्यस्त रहने गरेको मन्त्रालयका निमित्त सचिव भक्तबहादुर ढकालले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले छ वटा क्षेत्र हेर्नु पर्ने भएकाले सम्बन्धित क्षेत्रका तथ्याङ्क मिलाउने काम पनि भैरहेको छ। साथै विषयगत सुझावहरु संकलन गर्ने कार्य नियमित रूपमा भैरहेको निमित्तसचिव ढकालले बताए।कार्यालय व्यवस्थापन सकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि अहिले कानून निर्माणतर्फ केन्द्रित भएको छ। प्रदेशका मन्त्रालयमा आउनु पर्ने कर्मचारीमध्ये सबैभन्दा धेरै कर्मचारी आइपुगेको उक्त मन्त्रालय मन्त्रिपरिषद्को दोस्रो बैठक अघिसम्म कर्मचारी, आवास तथा कार्यालय व्यवस्थापनमा व्यस्त रहेको थियो।

उद्योग मन्त्रालय अहिले ‘रारा कर्णाली महोत्सव’मा केन्द्रित छ। पर्यटकीय विकाससँगै प्रचारप्रसारका लागि ‘रारा कर्णाली महोत्सव’ आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग मन्त्रालय त्यसको तयारीमा लागेको छ। महोत्सव मनाउने विषयलाई मूर्त रूप दिन आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश गर्ने गरी आफूहरू लागेको मन्त्रालयका सचिव विद्यानाथ झाले जनकारी दिए।

भौतिक पूर्वाधार विकास मन्त्रालय पनि कानून निर्माणमा जुटेको छ। कार्यालयमा कर्मचारी नहुँदा थालिएका योजनामा ढिलाइ भए पनि आफूहरुले पूरानो ऐनलाई हेरेर विधेयक बनाउन थालेको मन्त्रालयका निमित्त सचिव केशवराज रिजालले बताए।उनले आफू र एकजना इन्जिनियर मिलेर ड्राफ्ट बनाउन थालेको बताए। पुराना ऐनअनुसार प्रादेशिक खालको ऐन बनाउनका लागि लागि परेको उनले जानकारी दिए। निमित्त सचिव रिजालका अनुसार विषयगत विवरण संकलनतर्फ पनि मन्त्रालयले काम जारी राखेको बताए।

भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री अनुगमनमा व्यस्त छन्। बाँकी समय अनौपचारिक भेटघाटमै जाने गरेको उनको भनाइ छ। आफ्नो मन्त्रालय विशेष गरी प्राविधिक विषयसँग सम्बन्धित भएकाले काम अगाडि बढाउनका लागि सम्बन्धित कर्मचारी नै आवश्यक पर्ने भए पनि कर्मचारी नआउँदा पनि आफ्नो व्यस्तता बढ्न नसकेको उनको भनाइ छ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि मन्त्रालयको कामभन्दा धेरै औपचारिक कार्यक्रममै व्यस्त छन्।

मन्त्रालय भने मुख्यमन्त्रीको कार्यालयले दिएको निर्देशन अनुसार सांसद्लाई बिजनेस पुर्याउनका लागि आवश्यक कानून प्रारम्भिक खाका निर्माणमा जुटेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी औपचारिक कार्यक्रममा धेरै व्यस्त हुन्छन्। उनी कर्णालीकी एकमात्र महिला मन्त्री हुन् मन्त्रालयका कर्मचारी कर्णालीलाई आर्गानिक प्रदेश बनाउने अभियानका लागि सुझाव संकलन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य