१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेशम चौधरी थप उपचारका लागि काठमाडौँमा

२६ फाल्गुन २०७४, शनिबार १२:३०

फागुन,२६,काठमाडौँ प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था जटिल बनेपछि  थप उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला कारागारमा ६ दिनदेखि आमरण अनसनमा बसेका चौधरीको पिसाबमा रगत बग्ने,मुखबाट फिँज आउने जस्ता समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको कैलालीबाट माधव चौधरीले साझासबाललाई जानकारी दिए ।

सेती अञ्चल अस्पतालले चौधरीलाई रेफर गर्नुपर्ने व्यहोराको कागज बनाएपछि हवाईजहाज मार्फत उनलाई काठमाडौँ पठाइएको चौधरीले बताए । रेशम चौधरीले कागती पानी बाहेक केहि खानु भएको छैन् उनले भने “स्वास्थ्यमा गम्भिर समस्या हुँदा समेत जीवन रक्षाको लागि नागरिक समाज, मानव अधिकारकर्मी कोही बोल्ने आँट गरेनन्।” 

गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनरत रहेका छन् । टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका चौधरी लगायतले प्रतिनिधिसभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने लगायतका माग गदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह