१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले भाषण होइन, परिणाम खोजेका छन्: अध्यक्ष दाहाल

२७ फाल्गुन २०७४, आईतवार ११:५५

फागुन २७, काठमाण्डौ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गर्नुभयो । 

मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।” 

इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गर्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।” 

प्रधानमन्त्रीले गर्नुभएको अभिव्यक्तिअनुसार सरकारले दृढताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता र सुशासन दिने ऐतिहासिक अवसर प्राप्त भएकाले जनताका सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाडिने दृढता व्यक्त गर्नुभयो । 

धेरै अप्ठ्यारा दिनहरु पार गरेर राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले नेपाली जनताका सामु गरेको वाचा अब भाषणमा होइन, कार्यान्वयनमा खोजेको प्रष्ट पार्नुभयो । 

शान्ति प्रक्रियाका धेरै काम पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पनि पूर्णरुपमा कार्यान्वयन गरेर जानुपर्छ अध्यक्ष दाहालले भन्नुभयो । वर्तमान सरकार विगतको सरकारको निरन्तरता नभई नयाँ आधारमा स्थापना भएको सरकार भएकाले जनताका पक्षमा काम गर्नैपर्ने बाध्यता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह