१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारप्रति जनताको धेरै आशा छ: नेता नेपाल

२७ फाल्गुन २०७४, आईतवार ११:५९

फागुन २७, काठमाडौँ | नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताउनुभयो । 

मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व र आन्दोलन मात्र भएकाले जनताले अब विकास र समृद्धिको चाहना गरेको उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, “युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।” 

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने खालको जनतामा निराशा यसपटक नहुने विश्वास व्यक्त गर्दै उहाँले देशमा हालसम्म राजनीतिकरण धेरै भयो यसबाट अब मुुलुकले मुक्ति खोजेको छ भन्नुभयो । 

जनताका आधारभूत आवश्यकता पूरा गर्र्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह