१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस्: पूर्वप्रम चन्द

२८ फाल्गुन २०७४, सोमबार ०६:१३

फागुन २८, भक्तपुर | पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । 

मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको ३५औँ वार्षिकोत्सवमा आज बोल्दै उहाँले भन्नुभयो, “अब जनताको घरदैलोमा सरकार पुगेको छ, विकास पनि पहिलाको तुलनामा बढेको छ, अब जनताले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासलाई तीव्रता दिनुपर्छ ।” 

पूर्वप्रधानमन्त्री चन्दले पुरानो ढर्राको शिक्षा अब काम नलाग्ने बताउँदै विदेशमा प्रतिष्पर्धा गर्न सक्ने र स्वदेशमै पनि आफँैले केही गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । किताबी ज्ञानले मात्रै अबको शिक्षा अगाडि नबढ्नेमा जोड दिँदै उहाँले संस्कृत, चरित्र निर्माण, इमान्दारिताको पाठ पनि विद्यार्थीले स्कूलबाटै सिक्नु पर्नेमा जोड दिनुभयो । 

सो अवसरमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले सरकारले निजी विद्यालय बन्द गराउनेभन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेव, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, प्रिन्सिपल रत्नमान शंखदेवलगायतले निजी विद्यालयले शैक्षिक गुणस्तरलाई धानिरहेको चर्चा गर्नुभयो । कार्यक्रममा विद्यार्थीलाई पुरस्कार एवं सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह