१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक मर्मत कार्यलाई प्राथमिकता दिन नेता सिंहको आग्रह

२८ फाल्गुन २०७४, सोमबार ०८:०२

फागुन २८, काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्नुभएको छ । 

काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहनुभएका नेता सिंह आज सडक डिभिजन कार्यालय पुगी सडकसहित विकास आयोजना कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेख्नुपर्ने र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको हो । 

नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको भन्दै सरकारी निकायबीच समन्वय गरेर विकास निर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । 

सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले विद्युत्, खानेपानी, ढलले सहयोग नगरेका कारण सडक निर्माणका कार्य समयमा पूरा हुन नसकेको बताउनुभयो । 

उहाँले सबै निकाय बसेर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई दिनभित्र आयोजनाका होर्डिङ बोर्ड राखेर काम गर्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह