२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक मर्मत कार्यलाई प्राथमिकता दिन नेता सिंहको आग्रह

२०७४, २८ फाल्गुन सोमबार ०८:०२

फागुन २८, काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्नुभएको छ । 

काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहनुभएका नेता सिंह आज सडक डिभिजन कार्यालय पुगी सडकसहित विकास आयोजना कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेख्नुपर्ने र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको हो । 

नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको भन्दै सरकारी निकायबीच समन्वय गरेर विकास निर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । 

सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले विद्युत्, खानेपानी, ढलले सहयोग नगरेका कारण सडक निर्माणका कार्य समयमा पूरा हुन नसकेको बताउनुभयो । 

उहाँले सबै निकाय बसेर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई दिनभित्र आयोजनाका होर्डिङ बोर्ड राखेर काम गर्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन