१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्र सुदृढीकरणका लागि विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ: सभापति देउवा

३० फाल्गुन २०७४, बुधबार ०९:१३

फागुन ३०, काठमाडौँ | नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज यहाँ आयोजित अभिमुखिकरण कार्यक्रममा उहाँले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताउनुभयो । 

सभापति देउवाले विसं २००७ देखि प्रजातन्त्रका लागि लड्दै आएको काँग्रेस यतिखेर संघीय संसद् र प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै “संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि अहिले काँग्रेसको काँधमा महत्वपूर्ण चुनौती आएको छ, त्यसको सामना गर्न एकतावद्ध भएर र अध्ययनशील हुन आवश्यक छ,” भन्नुभयो । 

उहाँले भन्नुभयो, “संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहेका हुन्छन, त्यसैले अध्ययन गरेर तर्कका साथ प्रस्तुत हुनुहोला, त्यसैका आधारमा आगामी निर्वाचनमा जनमत बन्ने हो ।” 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा जनताका मुद्दा कसरी उठाउने त्यसका लागि अध्ययनको आवश्यकतापर्ने भन्दै विरोधका लागि विरोध नभइ तर्कका आधारमा जनसावलका मुद्दा उठाउन आग्रह गर्नुभयो । 

संसद् तथा प्रदेशसभाका प्रक्रियामा प्रभावकारी रुपमा प्रस्तुत हुन आग्रह गर्दै उहाँले भन्नुभयो— “लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ ।” 

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले संसद्मा प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुने बताउँदै गुण र दोषका आधारमा मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा संघीय संसद् र प्रदेशसभाका काँग्रेसका १८९ सदस्य सहभागी हुनुहुन्छ । एक दिने सो अभिमुखीकरण कार्यक्रममा पार्टीका नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिनुहुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह