१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउछ: दाहाल

३० फाल्गुन २०७४, बुधबार ११:१०

फागुन ३०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । 

किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उहाँले भन्नुभयो —“बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।” 

अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै “वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने छ,” भन्नुभयो । 

प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो— “प्रदेशको नामकरण प्रदेश नं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।” 

अध्यक्ष दाहालले “केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउने छौ,” भन्दै संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चले पनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताउनुभयो । 

प्रदेश नं १ राजनीतिक र आर्थिक आन्दोलनमा नेतृत्व खेलेकाले राष्ट्रले पनि उक्त प्रदेशबाट अग्रगामी भूमिका खेल्ने अपेक्षा राखेको पनि उहाँले बताउनुभयो । 

सो अवसरमा पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले जनताको भावना अनुसारको प्रदेशको नामाकरण गर्नुपर्ने बताउँदै निर्वाचनमा वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धतालाई अलिकति पनि तलमाथि नहुने गरी काम गर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो । प्रदेश नं १ को नाम किरात राख्नुपर्ने माग राख्दै सहभागी केहि सदस्यले माओवादी केन्द्रका अध्यक्ष दाहाल, पूर्व सभामुख नेम्वाङ र मुख्यमन्त्री राईलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह