२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्थली क्याम्पस प्रशासनलाई अनेरास्ववियु रामेछापको ध्यानाकर्षण ( विज्ञप्ति सहित )

२०७४, १ चैत्र बिहीबार ०६:२९

प्रज्वल पौडेल । चैत्र १ ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले मन्थली शहिद स्मृती बहुमुखी क्याम्पस प्रशासनलाई विहिवार ध्यानाकर्षण गराउदै विज्ञप्ति बुझाएको छ । अनेरास्ववियु रामेछापका सचिवालय सदस्य एवम् मन्थली सहिद स्मृति वहुमुखी क्याम्पस प्रतिनिधि पुष्कर भट्टराईको नेतृत्वमा गएको टोलीले विज्ञप्तीलाइ क्याम्पस प्रमुख टंकप्रसाद दाहाललाइ हस्तान्तरण गरेको हो ।

विज्ञप्तिमा मार्फत मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको घोषित कार्यक्रम अनुसार चौथो वर्षको विद्यार्थीहरुलाई विदाई र व्लड ग्रुप छुट्याउने कार्यक्रम तय गरेको भएपनि काङ्‍ग्रेस निकट स‌ंगठन नेविसंघ र मन्थली क्याम्पस प्रशासनले मिलेर बुधबारको कार्यक्रम गर्न नदिएर आफैले कार्यक्रम गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ । विद्यार्थीहरुको हक र अधिकार माथि धावा बोल्दै उनीहरुको अधिकारलाई कुण्ठित गर्ने नेविसंघ र मन्थली क्याम्पस प्रशासनको कार्य प्रति घोर भत्र्सना गरेको छ । अव यस्ता गतिविधि भएमा अनेरास्ववियु कडा प्रतिकारमा उत्रन वाध्य हुने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।  


यसैबिच मन्थली शहिद स्मृति बहुमुखि क्याम्पसका स्ववियू सभापति कपिल मगरले पछिल्लो समय क्याम्पस प्रशासनले स्ववियूलाइ गरेको व्यवहारप्रति असन्तुष्ट रहेको बताउनुभयो । साझा सबालसँग कुराकानीको क्रममा उहाँले भन्‍नुभयो – "क्याम्पस प्रशासन नेविसंघ तर्फ झुकाव राख्दै निर्वाचनबाट विजयी भएको स्ववियूले गर्ने गतिविधीलाइ रोक्न लागि परेको छ । हिजो पनि स्ववियूले गर्न लागेको कार्यक्रममा नेविसंघ र क्याम्पस प्रशासनले गरेको व्यवहार प्रति हाम्रो घोर आपत्ति छ ।" क्याम्पस प्रशासन स्ववियूसँग सहकार्य गरेर अगाडि बढ्न अाग्रह गर्दै मगरले विद्यार्थीको हक अधिकार र शैक्षिक विकासमा आफूहरु निरन्तर लागि पर्ने बताउनुभयो ।

अनेरास्ववियु रामेछापका सचिवालय सदस्य एवम् मन्थली सहिद स्मृति वहुमुखी क्याम्पस प्रतिनिधि पुष्कर भट्टराईद्वारा हस्ताक्षरित  विज्ञप्ती यस्तो छ ।

                                                                                                                                                   मितिः २०७४।१२।०१

प्रेस विज्ञप्ती

अनेरास्ववियु शैक्षिक आन्दोलनको नेता संगठन हो । शैक्षिक क्षेत्रको विकृति, विसंगति, माफियाकरण, व्यापारिकरणको अन्त्यका लागि अनेरास्ववियु प्रतिवद्ध छ । विगतमा राजनैतिक परिवर्तनका लागि गरिएको आन्दोलन (तालावन्दी, तोडफोड, चक्काजाम, बन्द, हडताल) अवको विद्यार्थी आन्दोलनको शैली आवश्यक छैन । त्यसैले अनेरास्ववियुको अवको आन्दोलन रचनात्मक, सिर्जनात्मक र प्राविधिक हुनु पर्दछ र अहिलेको आवश्यकता हो । 

यही मिति २०७४ फागुन ३० गते मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको घोषित कार्यक्रम अनुसार वि.वि.एस. चौथो वर्षको विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रमको साथ व्लड ग्रुप छुट्याउने कार्यक्रम अनुसार उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरी सकेको अवस्थामा ने.वि.संघका केही अराजक व्यक्तिहरु उक्त कार्यक्रम भाँड्ने उद्देश्यका साथ कार्यक्रम स्थलमा प्रवेश गरी यो कार्यक्रम गर्न दिँदैनौं । स्ववियु र अखिल भनेको हामीलाई थाहा छैन । यस क्याम्पसमा हामीले जे भन्यो त्यही हुन्छ, क्याम्पस प्रशासनले पनि हामीले भनेको मान्छ, कसरी कार्यक्रम गर्दा रहेछौं भन्दै आई क्याम्पस प्रशासनमा पुगी उक्त कार्यक्रम क्याम्पस प्रशासनसँग मिली रोकी अव आइन्दा तिमीहरुले यस क्याम्पसमा कुनै कार्यक्रम गर्न पाउँदैनौ कसरी कार्यक्रम गर्छौ हामी पनि हेर्छौ भनी विद्यार्थीहरुको प्रतिनिधी स्ववियु जुन अत्याधिक मतका साथ विजयी भएको छ, उनीहरुको संगठनले गर्न लागेको कार्यक्रमलाई अवरोध गरी गुण्डागर्दी शैलीमा विद्यार्थीहरुको हक र अधिकार माथि धावा बोल्दै उनीहरुको अधिकारलाई कुण्ठित गर्ने नेविसंघ र मन्थली क्याम्पस प्रशासनको कार्य प्रति हाम्रो अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अखिल) मर्माहित हुँदै उक्त कार्यको घोर भत्र्सना गर्दै । अव आइन्दा यस्ता गतिविधि यस क्याम्पसमा भएमा हाम्रो संगठन अनेरास्ववियु कडा प्रतिकारमा उत्रन वाध्य हुने कुराको जानकारी यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ । 

……………………………………………

पुष्कर भट्टराई

अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य

तथा

मन्थली सहिद स्मृति वहुमुखी क्याम्पस प्रतिनिधि






तस्विर/ पुस्कर भट्टराइबाट





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन