१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

१ चैत्र २०७४, बिहीबार १०:५३

चैत १, काठमाण्डौ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ७ बजे मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहालबीचभेटवार्ता भएको हो ।


 मुख्यमन्त्री भट्टले राष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका बेला पूर्वप्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटर्वाताका क्रममा संघीय सरकार र प्रादेशिक सरकारको कामकारवाही, कानुन निर्माणका सात नं प्रदेश सरकारलाई क्षतिपुर्तिसहितको थप अधिकार साथै अन्य राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताएका छन् ।

‘उहाँहरुबीच संघीय सरकार र प्रादेशिक सरकारको अधिकार क्षेत्र र कानुन निर्माण नहुदा प्रदेश सरकारले जनजिविकासंग जोडिएका मुद्धाहरुलाई सम्बोधन गर्न ढिलाई भइरहेको र पछिल्लो विकसित राजनीतिक विषयमा महत्वपूर्ण कुराकानी भयो ’परियारले भने । काठमाडौंमा रहेका क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री राम बहादुर थापा बादल, पूर्व रास्ट्रपति राम बरण यादबसंग पनि भेटवार्ता गर्नु भएको थियो । बिहान प्रचण्डसंगको भेटवार्तापछि मूख्यमन्त्री भट्ट आज बिहान ९ बजे धनगढी फर्कनु भएको छ ।बिहान ८ बजे श्री एअरलाईन्सबाट धनगढी फर्कनु भएको हो । गेटा बिमानस्थलमा कर्मचारी,स्थानिय निकायका जनप्रतिनिधि,शुभचिन्तक,पत्रकार र कार्यकर्ताहरुले पुष्पगुच्छाले स्वागत गरेका थिए । मूख्यमन्त्री भट्टसंग उहाकी पत्नी शारदादेबी भट्ट,राजनितिक सल्लाहकार नरेन्द्र कुवँर र स्वकिय सचिव शिव सिं ओली रहेका छन्। त्यसैगरी मूख्यमन्त्री भट्ट धनगढी आज बिहान धनगढी पुगेलगत्तै होटल फ्लोरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कैलाली शाखाको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।

पत्रकार भेटघाटका क्रममा मूख्यमन्त्री भट्टले राष्टपतीको चुनाबका लागि काठमाडौं गएको समयमा प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र,प्रदेशको कानुन निर्माण,प्रदेश प्रहरी संरचना,राज्यद्धारा बिगत बर्षदेखी उपेक्षा गरिदै आएको सुदूर पश्चिम क्षेत्रको विकासका लागि सात नं.प्रदेश सरकारलाई क्षतिपुर्ति सहितको बिशेष अधिकार प्रदान गर्न दिनप्रति दिन बढ्दै गएको सात नं.प्रदेशको सुरक्षा संम्बेदनशिलता,सुशासन र भष्टाचार नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी ओली,माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री राम बहादुर

थापा बादलसंग भेटेर बिशेष कुराकानी भएको जानकारी कारी गराउन भएको थियो । 

भेटका क्रममा प्रधानमन्त्री ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानिय साधन,स्रोतको परिचालन गरि विकास र समृद्धि तर्फ अघि बढ्नुस सात नं.प्रदेश सरकारलाई केन्द्र सरकारले थप सहयोग गर्ने बचन दिनु भएको मूख्यमन्त्री भट्टले बताउनु भएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदै भट्टले कानुनको अभावमा प्रदेश सरकारको काम कारबाहीमा ढिलाई भएको र कानुन निर्माणका लागि समिति गठन गरि आबश्यक काम अघि बढी सकेको र बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनतालाई सुरक्षा प्रत्याभुत दिलाउन सबै सुरक्षा निकाय सक्रिय रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह