१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पराजुलीलाई बाध्य पारेर राजीनामा दिन लगाइयो: कानुन व्यवसायी

१ चैत्र २०७४, बिहीबार ११:५१

चैत १, काठमाडाँै | कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् । 

रिर्पोर्टस क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका बारेमा बोल्ने अधिकार नभएकाले जवर्जस्ती राजीनामा दिन बाध्य पारेको बताउनुभयो । 

‘प्रधानन्यायाधीशलाई न्यायपरिषद्को सचिवले हटाउन पाउने व्यवस्था कहिपनि छैन’’ सांसद समेत रहनुभएका वरिष्ठ अधिवक्ता बिडारीले भन्नुभयो–‘‘तर ती सचिवले गैरकानुनी रुपमा प्रधानन्यायाधीशलाई अवकाश हुने पत्र पठाएका छन् यो कानुनअनुसार भएन ।’’ 

विडारीले प्रधानन्यायधीश पनि चोखो भन्न नमिल्ने बताउँदै भन्नुभयो–‘‘पराजुली पनि बेठीक छन् । तर बेठीक छन् भन्दैमा गैरकानुनी रुपमा हटाउन पाइँदैन, कानुनअनुसार संवैधानिक तरिकाले हटाइनुपर्दछ ।’’ 

नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले विवादमा आएपछि पराजुलीले राजीनामा दिनु बुद्धिमानी भएको उल्लेख गर्दै तर बाध्य पारेर पराजुलीलाई राजीनामा दिन लगाएकाले यसले न्यायालयलाई राम्रो नगर्ने धारणा राख्नुभयो । 

उहाँले न्यायपालिकाको विसंगति पराजुलीलाई मात्र हटाएर नहुने भन्दै जरो गाडेर बसेको न्यायालयको विकृतिलाई नै अन्त्य गर्नुपर्ने बताउनुभयो । 

बारका महासचिव खम्बवहादुर खातीले ‘पराजुलीले आफूखुशी राजीनामा दिएका नभई विभिन्न तरिकाले राजीनामा दिन बाध्य पारिएको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘‘पराजुलीलाई बाध्य पारेर राजीनामा दिन लगाउने कार्य समग्र न्यायालयको शीर निहुराउने काम हो ।’’ 

उहाँले पराजुली प्रन्या नियुक्ति हुँदा नागरिकता र प्रमाणपत्र नहेरी नियुक्त गर्ने संवैधानिक परिषद्माथि नै प्रश्न चिन्ह खडा भएको बताउनुभयो । 

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले समावेशी नभएका कारणले न्यायालयमाथि आक्रमण हुन थालेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह