२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस नेतृत्वलाई सच्चिन आग्रह

२०७४, २ चैत्र शुक्रबार ०७:५७

भीष्मराज ओझा/चैत २, काठमाडौँ | नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । 

पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आज यहाँ आयोजित नेता कार्यकर्ता भेलामा उहाँले निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प छैन भन्नुभयो । 

नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै “यसलाई हटाउन पार्टीमा व्यावहारिक रुपमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु जरुरी छ,” भन्नुभयो । 

वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेको बताउँदै उहाँले त्यसलाई रोक्न सशक्त र बलियो काँग्रेसको आवश्यकता औँल्याउनुभयो । आफू सही बाटोमा नहिँडी अरुलाई सही बाटोमा हिँडाउन नसकिने नेता सिटौलाको तर्क थियो । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको उल्लेख गर्दै अन्यथा थप मूल्य चुकाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले निर्वाचनमा काँग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको जिकिर गर्नुभयो । 

काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने भनी प्रश्न गर्नुभयो । 

नेता चौधरीले हिजोका दिनमा नाकाबन्दी लगाउन सहयोग गर्ने र नाकाबन्दीको घोर विरोध गर्नेहरु आज एक भएको प्रसंग उल्लेख गर्दै वर्तमान सरकार खिचडी गठबन्धनको सरकार भएको आरोप लगाउनुभयो । 

पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा व्यक्ति नभई विधान प्रधान हुनुपर्ने बताउँदै पार्टी सुधारका लागि संगठन सुदृढीकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस सुध्रिएर सच्चियो भने काँग्रेसलाई कसैले हराउन सक्दैन ।” 

काँग्रेस समूहका भेला बढ्दै 

काँग्रेसमा रहेका विभिन्न समूहले निर्वाचनपछि आफ्ना भेला तथा छलफललाई तीव्रता दिएका छन् । बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता भेला भई पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्बन्धमा छलफल गरेका थिए । 

भेलामा गाउँस्तरमा पार्टीको संरचना कसरी बलियो बनाउने, यही चैत ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने विषयका बारेमा समेत छलफल भएको नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो । 

निर्वाचन परिणामको विषयलाई लिएर काँग्रेसमा आरोप प्रत्यारोप जारी छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोरेको थियो । 

उक्त निर्वाचनमा काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा मात्र जित हासिल गरेको थियो । काँग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचनपछि परिणामका बारेमा विस्तृत रुपमा समीक्षा हुन सकेको छैन । त्यसका लागि यही चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । 

पार्टीको १३औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला तीन समूह बनाएर निर्वाचनमा होमिनुभएको थियो । त्यसपछि यी तीन समूह पार्टीमा सतही रुपमा देखिएका हुन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन