२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा काङ्ग्रेस नेता ढुङ्गेलको प्रथम वार्षिक स्मृति सभाको आयोजना

२०७४, ३ चैत्र शनिबार ०९:४२


निशा कार्की । चैत ३, रामेछाप ।

नेपाली काङ्ग्रेस रामेछापले काङ्ग्रेसका नेता एवम् पूर्व कृषि सहायक मन्त्री स्वर्गीय रामहरी ढुङ्गेलको प्रथम वार्षिक स्मृतिसभा गरेको छ ।  शनिबार मन्थलीमा रामेछाप काँग्रेस सभापति लवश्री न्यौपानेको अध्यक्षतामा स्वर्गीय ढुङगेलको स्मृतिसभाको आयोजना भएको हो । कार्यक्रममा महासमिति सदस्य अर्जुन केसी लगाएत रामेछापका नेता तथा कार्यकर्ताले स्वर्गीय नेता ढुङ्गेलको तस्वीरमा माल्यार्णपण गरेका थिए ।


स्मृतिसभामा बोल्दै वक्ताहरुले स्वर्गीय ढुङगेलले काँग्रेसको संगठन निर्माण र प्रजातन्त्र प्राप्तिका लागी पुर्‍याएको योगदान माथी चर्चा गरेका थिए । लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका महत्वपूर्ण भएको स्मरण गर्दै ढुङ्गेलले देखाएको आदर्शको बाटोमा काङ्ग्रेस चल्नुपर्ने उनीहरुले बताए ।


पञ्चायत व्यवस्थाका विरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि राजनीतिमा सक्रिय भई, नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसका विभिन्न तहमा बसेर जिम्मेवारी सम्हाल्ने क्रममा पटक–पटक जेल जीवन समेत विताएका ढुङ्गेल कृष्णप्रसाद भट्टराइसँग बढी प्रभावित थिए । ढुङगेल रामेछापको जिल्ला सभापति हुनुको साथै, २०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसदमा भए पश्चाुत गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कृषि सहायक मन्त्री बनेका थिए ।उनको २०७३ साल चैत ३ गते हृदयघातका कारण निधन भएको थियो ।





तस्विर/ काङ्ग्रेस नेता लेखबहादुर कार्कीबाट




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन