२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकीकृत अखिल शिक्षक संगठन बागलुङको जिल्ला व्यापी अभियान

२०७४, ४ चैत्र आईतवार १०:०३

बिमल खड्का/चैत ४ बागलुङ। नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनमा रहेका शिक्षकलाई जागरुक तथा शिक्षकहरुलाई साङ्गठित गर्नेअभियानलाई जिल्लाभर त्रिव्रताका साथ अगाडी बढाएको छ।


एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्लाका सबै स्थानीयतहरुमा संचालन भईरहेको छ ।

निष्क्रिय रुपमा संगठनमा रहिरहेका शिक्षकहरुलाई सक्रिय रुपमा जागरुक बनाई शिक्षक पेशागत हित र बिकासमा लाग्ने बिश्वासका साथ नगरपालिका तथा गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको उनले बताए ।


उनले भने जिल्लाका १० वटा स्थानीय तह मध्ये निसीखोला, तमानखोला र बडीगाड गाउपालिका तथा ढोरपाटन र गल्कोट नगरपालिकामा कार्यक्रम सम्पन्न भैसकेकोले अब बाकी ५ वटा स्थानीय तहमा लगत्तै कार्यक्रम गरिने जानकारी दिए ।

शिक्षकहरुलाई जागरुक बनाउन यस्ता खालको कार्यक्रमले पृष्ठपोषण प्रदान गर्ने भन्दै राज्यले दिएको सेवा सुविधालाई मध्यनजर गर्दै शिक्षण पेशा गरिरहेका शिक्षकहरुको पेशागत हक हितमा भईरहेका समस्या तथा गुनासोहरुलाई संकलन गरि शिक्षक महासंघमा पुर्यााई त्यसको निराकरणको बाटोमा जाने एकीकृत अखिल शिक्षक संगठनका सचिव वीर बहादुर चोखालले बताए ।

बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा हुने भन्दै समाजवादी शिक्षा नीति , समाजवादी क्रान्तिको आधार , ट्रेड युनियन अधिकार , बामपंथी शिक्षक एकता र शैक्षिक बिकास, गाउँ तथा नगरपालिका भेटघाट को मुख्य नारासहित बिस्तारित बैठक जिल्ला भरी संचालन गर्ने बताएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन नगरपालिका तथा गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय बागलुङको संयोजनमा गरिएको कार्यक्रममा शिक्षकका पेशागत हक हित तथा शिक्षण पेशामा कसरी गुणात्मक बिकास गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराईने संगठनका बरिष्ठ उपाध्यक्ष जित बहादुर थापाले बताए


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन