१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकीकृत अखिल शिक्षक संगठन बागलुङको जिल्ला व्यापी अभियान

४ चैत्र २०७४, आईतवार १०:०३

बिमल खड्का/चैत ४ बागलुङ। नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनमा रहेका शिक्षकलाई जागरुक तथा शिक्षकहरुलाई साङ्गठित गर्नेअभियानलाई जिल्लाभर त्रिव्रताका साथ अगाडी बढाएको छ।


एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्लाका सबै स्थानीयतहरुमा संचालन भईरहेको छ ।

निष्क्रिय रुपमा संगठनमा रहिरहेका शिक्षकहरुलाई सक्रिय रुपमा जागरुक बनाई शिक्षक पेशागत हित र बिकासमा लाग्ने बिश्वासका साथ नगरपालिका तथा गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको उनले बताए ।


उनले भने जिल्लाका १० वटा स्थानीय तह मध्ये निसीखोला, तमानखोला र बडीगाड गाउपालिका तथा ढोरपाटन र गल्कोट नगरपालिकामा कार्यक्रम सम्पन्न भैसकेकोले अब बाकी ५ वटा स्थानीय तहमा लगत्तै कार्यक्रम गरिने जानकारी दिए ।

शिक्षकहरुलाई जागरुक बनाउन यस्ता खालको कार्यक्रमले पृष्ठपोषण प्रदान गर्ने भन्दै राज्यले दिएको सेवा सुविधालाई मध्यनजर गर्दै शिक्षण पेशा गरिरहेका शिक्षकहरुको पेशागत हक हितमा भईरहेका समस्या तथा गुनासोहरुलाई संकलन गरि शिक्षक महासंघमा पुर्यााई त्यसको निराकरणको बाटोमा जाने एकीकृत अखिल शिक्षक संगठनका सचिव वीर बहादुर चोखालले बताए ।

बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा हुने भन्दै समाजवादी शिक्षा नीति , समाजवादी क्रान्तिको आधार , ट्रेड युनियन अधिकार , बामपंथी शिक्षक एकता र शैक्षिक बिकास, गाउँ तथा नगरपालिका भेटघाट को मुख्य नारासहित बिस्तारित बैठक जिल्ला भरी संचालन गर्ने बताएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन नगरपालिका तथा गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय बागलुङको संयोजनमा गरिएको कार्यक्रममा शिक्षकका पेशागत हक हित तथा शिक्षण पेशामा कसरी गुणात्मक बिकास गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराईने संगठनका बरिष्ठ उपाध्यक्ष जित बहादुर थापाले बताए


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह