नेकपा एमाले इलाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेकपा एमाले इलाम"/>

2026-10-06 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

नेपालको संविधान विश्वकै उत्कृष्ट छ: पूर्व प्रम खनाल

चैत ४, इलाम | पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताउनुभएको छ । 

नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उहाँले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताउनुभएको हो । 

“दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो”, उहाँले भन्नुभयो, “देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।” 

स्थायी सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उहाँको भनाइ थियो । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उहाँले तालमेलबिना विकास हुन नसक्ने धारणा राख्नुभयो । कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै उहाँले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिनुभयो । 

राम्रो काम गर्ने स्थानीय तहको र प्रदेशको अनुशरण गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । 

फरक प्रशंगमा उहाँले इलाममा बीसवर्षे गाडी सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । भौगोलिक विकटताका कारण इलाममा २० वर्षे पुराना भए पनि यिनै गाडी उपयुक्त रहेको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै