२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीबाट सुदर्शन बराल मन्त्री हुने निश्चित

२०७४, ५ चैत्र सोमबार ०९:१३

चैत्र ५, गुल्मी। प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार आज दिउँसो  कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । 


थपिने तिन मन्त्री मध्ये गुल्मीबाट सुदर्शन वराल सामाजिक विकास तथा सहरी विकास मन्त्री बन्ने निश्चित प्राय भएको  श्रोतले जानकारी दियो । माओवादी केन्द्रले उक्त मन्त्रालयमा वराललाई पठाउने निर्णय गरी सकेको उच्च श्रोतले जानकारी दिएको छ ।

त्यस्तै नेकपा एमालेबाट लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । गिरी  उद्योग तथा पर्यटन मन्त्रालय र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मन्त्रिपरिषद् कार्यालयले यसबारे केही बताएको छैन ।

गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद् हुन् ।

गुल्मी क्षेत्र नम्वर १ प्रदेश  ‘क’ बाट निर्वाचित  बराल  पुर्व विद्यायका र  प्रत्यक्ष निर्वाचित प्रतिनिधी सभाको पुर्व सांसद समेत हुन । सुरुमा उनले प्रदेश सभामुखको दावी गरिरहेका थिए । यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन