चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशि"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसैलाई अन्याय नपरोस: प्रधानमन्त्री ओली

५ चैत्र २०७४, सोमबार १०:०५

चैत ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताउनुभएको छ ।


चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगत तिर फर्केर पश्चाताप गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताउनुभएको छ । ‘हिजो भनाभन गरेका थियौं ,झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय यो होइन ’प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ ।’

जनताले विकास निर्माण,उत्पादन,शिक्षा,स्वास्थ्य,सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो  ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’

प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताउनुभएको छ । ‘सबैले शान्तीको अनुभुती गरुन् । कसैलाई अन्याय नपरोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मान्छे देख्दा शुत्र होइन । दाजुभाइ दिदीबहिनी  देखियोस  ।’

प्रधानमन्त्री ओलीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको छ । उहाँले शसस्त्र  प्रहरी बललाई राष्टिकयता,अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिनुभएको छ ।

  यो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोग गरेको थियो । प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गर्नुभएको छ । ‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडी बढ्छन् । यसका लागि सबै तयार रहनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह