१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशमा मन्त्री अघिअघि, मन्त्रालय पछिपछिः मन्त्री रावल

५ चैत्र २०७४, सोमबार ११:५४

चैत्र ५, काठमाडौँ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश मन्त्रालय संचालन सम्बन्धी ऐन र कानुन नबनेका कारण सोँचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले सरकार संचालनका दैनिक कामसँगै ऐन र कानुन निर्माणलाई तीब्रता दिएको बताए । 

“केन्द्रमा जस्तो प्रदेश मन्त्रालयका ऐन र कानुन बनेका छैनन्, दैनिक कार्य संचालनसँगै ऐन र कानुन निर्माणलाई अगाडि बढाएका छौँ । अहिले मन्त्री अघिअघि र मन्त्रालय पछिपछि जस्तो भएको छ” मन्त्री रावलले भने ।

सोमबार संवाद डबलीमा अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री रावलले प्रदेशलाई समृद्धि बनाउने गरी सरकारले काम सुरु गरेको बताए । आफ्नो मन्त्रालयभित्र शिक्षा, स्वास्थ्य, रोजगार, महिला, भाषासहित सातओटा विधा परेको बताउँदै मन्त्री रावलले भने,“मैले समालेको मन्त्रालयभित्र सातओटा विभाग छन्, प्रदेशका नागरिकलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने गरी कानुन बनाउँदै छौं ।” देशको समृद्धिको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री रावलले त्यसको लागि तयार हुन विद्यार्थीहरुलाई आग्रह गरे । 

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक पोलिट्ब्यूरो सदस्य गोरख बहादुर बोगटीले संक्रमणकालको अन्त्य भएको र संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धि बनाउनु अबको कार्यभार भएको बताए । कर्णाली प्रदेशमा क्षमतावान व्यक्तिहरु छैनन् भन्ने सोँचलाई तोड्न विद्यार्थी तयार हुनुपर्ने बोगटीले धारणा राखे । 

हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले केन्द्र र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्ने अबस्था रहेको बताए । केन्द्र सरकारसँग जोडिएका प्रदेशका कामहरुमा आफूले सहयोग गर्ने लामाले प्रतिवद्धता समेत जाहेर गरे । 

कार्यक्रममा सम्पर्क कमिटीका अध्यक्ष रविनविक्रम शाहीले अध्यक्षता गरेको कार्यक्रमको संचालन भरत रावतले गरेका थिए भने स्वागत पण्डवी बालकोटीले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह