२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजिनामा देउ भन्दै सल्यानका १० ओटै तहका जनप्रतिनिधिलार्इ पत्र

२०७४, ५ चैत्र सोमबार १६:३५

चैत ५, सल्यान । सल्यानका दश ओटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टींको जिल्ला जनपरिषद् सल्यानले पत्र काटेको छ ।

स्थानीय निकाय गठन गरेर जनताको अर्थतन्त्र र दैनिकि झन् झन् बर्बादिको दिशामा गएको भन्दै जनपरिषद्ले राजिनामा दिन दबाब स्वरुप पत्र काटेको छ । सोमबार केही नगरपालीका तथा गाउँपालीका प्रमुखको कार्यकक्षमै गएर जनपरिषद्ले पत्र बुझाएको छ ।

जनता लुट्ने लुटतन्त्रका रुपमा दलाल सत्ताले विभिन्न बहानामा लुटेर गरीबी, बेरोजगारी, दिनदिनै बाकसमा आउने लास, महङगि कालोबजारी, असमनताले नेपाली समाज आक्रान्त भएको भन्दै   जनपरिषद् सल्यानले राजिनामा मागेको छ । 

दशओटै स्थानीय तहमा पठाएको पत्रमा लेखिएको छ- “ तपार्इको पालीकामा रहेका जनताका तमाम रिपोर्ट हामीकहाँ आउंदै गर्दा कर दश गुणा बढाएको सत्तामा रहेका प्रतिनिधिहरुले आफ्न डोजर प्रयोग गर्ने, आफ्नै अनुकुलताको उपभोक्ता समिति बनाउने, आफ्नै अनुकुलतामा बजेट विनियोजित गर्ने, त्यहाँबाट कमिसन खाने, भ्रस्टचार गर्ने, कर्माचारी नियुक्ति गर्दा आफ्नै नातागोताका नियुक्ति गर्ने, त्यहाँबाट आर्थिक लाभ उठाउने जस्ता जनविरोधी काम गरेकोले यस्तो निति विधिले जनताको बास्तविक विकास निर्माण,  राष्ट्रको समृद्वि र जनताको सेवा नहुने, यस खालको जनविरोधी सत्ताले जनताका समस्या हल गर्न नसक्ने भएकाले तपार्इ सत्तामा बसिरहन औचित्य देखिदैन्” ।

त्यस्तै जनपरिषद्ले आफ्नो भाषामा दलाल पुजिँवादि सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितीको जिम्मेवार आफै हुनुपर्ने चेतावनी दिएको छ । 

यस्तो छ जिल्लाको पहिलो नगर शारदा नगरपालीकालार्इ काटेको पत्र


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन