१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजिनामा देउ भन्दै सल्यानका १० ओटै तहका जनप्रतिनिधिलार्इ पत्र

५ चैत्र २०७४, सोमबार १६:३५

चैत ५, सल्यान । सल्यानका दश ओटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टींको जिल्ला जनपरिषद् सल्यानले पत्र काटेको छ ।

स्थानीय निकाय गठन गरेर जनताको अर्थतन्त्र र दैनिकि झन् झन् बर्बादिको दिशामा गएको भन्दै जनपरिषद्ले राजिनामा दिन दबाब स्वरुप पत्र काटेको छ । सोमबार केही नगरपालीका तथा गाउँपालीका प्रमुखको कार्यकक्षमै गएर जनपरिषद्ले पत्र बुझाएको छ ।

जनता लुट्ने लुटतन्त्रका रुपमा दलाल सत्ताले विभिन्न बहानामा लुटेर गरीबी, बेरोजगारी, दिनदिनै बाकसमा आउने लास, महङगि कालोबजारी, असमनताले नेपाली समाज आक्रान्त भएको भन्दै   जनपरिषद् सल्यानले राजिनामा मागेको छ । 

दशओटै स्थानीय तहमा पठाएको पत्रमा लेखिएको छ- “ तपार्इको पालीकामा रहेका जनताका तमाम रिपोर्ट हामीकहाँ आउंदै गर्दा कर दश गुणा बढाएको सत्तामा रहेका प्रतिनिधिहरुले आफ्न डोजर प्रयोग गर्ने, आफ्नै अनुकुलताको उपभोक्ता समिति बनाउने, आफ्नै अनुकुलतामा बजेट विनियोजित गर्ने, त्यहाँबाट कमिसन खाने, भ्रस्टचार गर्ने, कर्माचारी नियुक्ति गर्दा आफ्नै नातागोताका नियुक्ति गर्ने, त्यहाँबाट आर्थिक लाभ उठाउने जस्ता जनविरोधी काम गरेकोले यस्तो निति विधिले जनताको बास्तविक विकास निर्माण,  राष्ट्रको समृद्वि र जनताको सेवा नहुने, यस खालको जनविरोधी सत्ताले जनताका समस्या हल गर्न नसक्ने भएकाले तपार्इ सत्तामा बसिरहन औचित्य देखिदैन्” ।

त्यस्तै जनपरिषद्ले आफ्नो भाषामा दलाल पुजिँवादि सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितीको जिम्मेवार आफै हुनुपर्ने चेतावनी दिएको छ । 

यस्तो छ जिल्लाको पहिलो नगर शारदा नगरपालीकालार्इ काटेको पत्र


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह