१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषादी रोक्न नयाँ योजना ल्याउछौ: कृषिमन्त्री खनाल

६ चैत्र २०७४, मंगलवार १०:१६

चैत ६, काठमाडौँ | कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो–“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।” 

मुलुकलाई आगामी तीन वर्षभित्र कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैखाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन सकेमा उपभोग्य सामग्रीको आयात बन्द भई व्यापार घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले आगामी पाँच वर्षभित्र देशमा प्रांगारिक उत्पादन वृद्धि गरी निर्यात गरिने योजना रहेको बताउँदै सातदेखि दश वर्षसम्ममा फलफूल उत्पादनमा देशलाई आत्मनिर्भर गरिने बताउनुभयो । 

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा परिणाम हासिल गर्न नसकेकाले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । 

कृषि प्रधान देशमा कृषि उत्पादनको वातावरण नभएका कारण युवा जनशक्ति विदेशिन बाध्य रहेको भन्दै उहाँले उनीहरुलाई कृषि क्षेत्रमा सहभागी गराउन सके यस क्षेत्रले फड्को मार्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह