चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भब्य स्वागत

६ चैत्र २०७४, मंगलवार १५:२८

चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिमिल्सीनालाई भब्य रुपमा स्वागत गरेका हुन् । 
उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो भने कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मानसमेत गरिएको थियो । मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानीय नागरिक समाजको आयोजनामा बाजागाजा र दिपावलीसहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालिन गाविस अध्यक्षसमेत रहेका तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँसबासीका लागि सबैभन्दा ठूलो उपलब्धी र खुसीको क्षण भएकाले स्वागत भएको हो ।
अध्यक्षले जन्मगाउँ सँगै मोदी गाउँपालिकाले कार्यालय र जिल्ला समन्वय समिति पर्वतले पनि कार्यालयमा भब्य स्वागत तथा सम्मान गरेका छन् । उहाँ तत्कालिन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म तिमिल्सीना सभापति हुनुहुन्थ्यो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्बेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताउनुभयो । ‘म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु’ उहाँले भन्नुभयो, ‘मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पुर्‍याउन सक्छ सधै प्रयत्नशील रहनेछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह