१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै

८ चैत्र २०७४, बिहीबार ०८:२८

चैत ८, काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ । 

पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताउनुभयो । 

सांगठनिकस्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ । जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव, अर्थ मन्त्रालयका एक सहसचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र सम्बन्धित मन्त्रालयका सहसचिव रहनुभएको छ । 

उहाँका अनुसार समितिले काम समेत थालिसकेको छ । समितिले मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुप तयार पार्नुको साथै ती मन्त्रालयमा आवश्यक कर्मचारीको पनि संख्या यकिन गर्ने सहसचिव न्यौपानेले बताउनुभयो । 

‘‘समितिले बनाएको आधारमा मन्त्रालयका नयाँ सांगठनिकस्वरुप तयार हुन्छ’’ उहाँले भन्नुभयो–‘‘मन्त्रालयमा अहिलेको तुलनामा कर्मचारी थपघट हुन सक्दछन ।’’ समितिलाई मन्त्रालयको पुनर्गठन गर्नका लागि ६ महिनाको समय दिइएको छ । 

सरकारले ३१ वटा मन्त्रालयबाट पुनर्गठन गरेर २० मन्त्रालय कायम गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह