१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सरकारले द्रुतगतिमा काम गर्नुपर्छः अध्यक्ष थापा

८ चैत्र २०७४, बिहीबार १२:४५

चैत ८, धुलिखेल | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले द्रुतगतिमा विकास निर्माणको काम गर्न नसके दिगो शान्ति र प्रजातन्त्र बलियो नहुने बताउनुभएको छ । 

धुलिखेलमा आजबाट शुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो – “दश वर्षेे सशस्त्र जनयुद्ध र राजनीतिक संक्रमणपछि हालै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएका कारण विकासप्रति जनताको आशा र भरोसा तीव्र रहेको पुष्टि हुन्छ ।” 

अध्यक्ष थापाले सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणपछि अहिले शान्ति र स्थायित्व कायम भई मुलुक आर्थिक समृद्धितर्फ केन्द्रित हुने आशा र विश्वास आम नागरिकको छ भन्दै अब पनि शान्ति, स्थायित्व र आर्थिक समृद्धि नभए त्यो मुलुककै लागि दुर्भाग्य हुने बताउनुभयो । 

“नेपालको धार्मिक र सांस्कृतिक पहिचान संकटमा परेको छ,” उहाँले भन्नुभयो, “धर्म परिवर्तनले नेपालमा सदियौँदेखि कायम रहँदै आएको सद्भाव खल्बलिन सक्ने र मुलुक धार्मिक द्वन्द्वमा पर्नसक्ने खतरा छ ।” 

अध्यक्ष थापाले विसं ०६२÷६३ को परिवर्तनपछि समाजमा तीव्र राजनीतिकरण भएको उल्लेख गर्दै राज्यका सबै अंग र प्रशासनिक संयन्त्रमा तीव्र रुपम पार्टीकरण भएको, संवैधानिक अंग, न्यायालय, राजदूत र शैक्षिक संस्थालगायतमा पार्टीको भागबण्डाका आधारमा नियुक्त गर्ने परम्परा चलेको अवस्थालाई सच्याउन सकेमत्रै जनताले आशा गरेको आर्थिक समृद्धि र दिगो शान्ति एवं प्रजातन्त्र बलियो हुनेछ भन्नुभयो । 

नेपालको सम्मान र गौरवको रक्षाका लागि वर्तमान सरकारले थुप्रै काम गर्नुपर्ने बताउँदै उहाँले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन सके आगामी पाँच वर्षपछि पार्टीलाई अग्रणी राजनीतिक शक्तिका रुपमा स्थापित गराउन सकिन्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह