२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै

२०७४, ९ चैत्र शुक्रबार ०७:२३

चैत ९, काठमाडौँ | प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न १२ बजेदेखि शुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र रुपमा समीक्षा गरिनेछ । 

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ । 

यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

निर्वाचनपछि काँग्रेसको यो पाँचौँ केन्द्रीय कार्यसमिति बैठक भए पनि हालसम्मका बैठकमा निर्वाचनको परिणामका बारेमा विस्तृत समीक्षा हुन सकेको थिएन । यसअघिका बैठक राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीको संसदीय दलको विधानमाथिको छलफल तथा निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायत विषयमा पार्टीका तर्फबाट निर्णय लिन केन्द्रित थिए । 

विस्तृत छलफलका क्रममा तीन÷चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उहाँले बताउनुभयो । पार्टीमा केही युवा नेताले समूह नै बनाएर नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएका छन् । 

बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भनी आलोचना गर्ने र सभापति देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाउ गर्ने तयारी गरेको बताइएको छ । 

मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसले हालै सम्पन्न २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४१ गरी ६३ स्थानमा मात्र विजय हासिल गरेको थियो । 

त्यस्तै प्रदेशसभामा पनि अनपेक्षित परिणाम हासिल गरेको काँग्रेस यतिखेर सातै प्रदेश र संघीय संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा छ । यस परिस्थितिमा पार्टीको अबको कार्यदिशा तय गर्नका लागि यो बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन