१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेविसंघ नवलपरासीमा सभापति पद रिक्त नरहेको भन्दै भ्रममा नपर्न आग्रह

९ चैत्र २०७४, शुक्रबार ०८:५३

श्याम थापा/नवलपरासी ९ फाल्गुन | नेपाल विद्यार्थी संघ नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको सभापतिको पद रिक्त नभएको हुदा विद्यार्थीहरुलाई भ्रममा नपर्नको लागि नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ ।

 केही व्यक्तिहरुले सार्वजनिक संजालमा नचाहिने भ्रामक प्रचारप्रसार गरेको र नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष पवन यादवको हस्ताक्षर गरि ल्याएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको पत्र चलानी नम्बर समेत नभएको र सो पत्रनै गलत भएको र भ्रामिक प्रचारप्रसार गरेको भन्दै घोर भर्सना गर्दै नेपाल विद्यार्थी संघ नवलपरासीमा सभापतिको पद रिक्त नभएकोले गर्दा विद्यार्थीहरुलाई भ्रामिक प्रचारप्रसारको पछि नलागि आ-आफ्नो काममा अघि बढ्नको लागि पनि जिल्ला सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ । त्यस्तै नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक प्रकाश रानाको हस्ताक्षर पत्र अनुसार मिति २०७४ माघ ३ गते नै नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सभापति पदमा दधिराम पौडेललाई तदर्थ समितिका सभापतिको जिम्मेवारी दिएको देखिन्छ ।

 मिति २०७४ चैत ७ गते आएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष पवन यादवको हस्ताक्षर गरिएको पत्रको पछी नलाग्न र भ्रामक प्रचारप्रसार नलागी नेपाल विद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला कार्यसमितिका सभापति दधिराम पौडेललाई नै सभापतिको रूपमा मानी बलियो काङ्ग्रेसका लागि शसक्त नेपाल विद्यार्थी संघ निर्माण गर्नका लागि नेपाल विद्यार्थी संघको स्थानीय तहमा संगठन बिस्तार कार्यमा तिब्र रूपमा लाग्नको लागि नव गठित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बर्दघाट सुस्ता पश्चिमका पदाधिकारीहरु र विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक प्रकाश रानाले निर्देशन पनि गर्नु भएको छ । साथै केन्द्रिय उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक रानाले गलत रूपमा सार्वजनिक संजालहरुमा नेपाल विद्यार्थी संघको बिधान बिपरित कार्य गर्ने नेपाली विद्यार्थीहरुको नेपाल विद्यार्थी संघको साधारण सदस्य समेत नरहने गरि कारबाही समेत गर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह