१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगद्वारा ४४ गाडी हस्तान्तरण

९ चैत्र २०७४, शुक्रबार १२:०४

चैत ९, काठमाडौँ | निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारअन्तर्गतका विभिन्न निकायलाई आज ४४ थान सवारी साधन हस्तान्तरण गरेको छ । 

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आफ्नै कार्यकक्षमा मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, विभिन्न मन्त्रालयसहित राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई सवारी साधन हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले आफूले प्रयोग गरिरहनुभएको पुरानो सवारी साधन नै प्रयोग गर्नुहुने भएकाले प्रमुख आयुक्तका लागि खरिद गरिएको नयाँ सवारी साधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको जनाइएको छ । 

सचिव पौड्यालले मुलुकमा तीनै तहको निर्वाचनसहित राष्ट्रपति एवम् उपराष्ट्रपति पदको समेत निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचन सञ्चालन प्रयोजनका लागि प्रयोग गरिएका सबै सवारी साधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह