१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपेली संघ (इयु)ले प्रतिवेदन सच्याउनुपर्छ: प्रधानमन्त्री ओली

११ चैत्र २०७४, आईतवार ०९:४६

चैत ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भन्नुभयो, “नेपाललाई होच्याएको हो ? हेपेको हो ? मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् ।” 

पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उहाँले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । 

तत्कालीन सरकार निर्वाचन गराउन तत्पर नभएका अवस्थामा निर्वाचन आयोगको भूमिका प्रशंसनीय छ भन्दै उहाँले नेपाली जनताले सचेततापूर्ण र बलिदानीपूर्ण योगदानका कारण मुलुकमा अहिलेको अवस्था आउन सफल भएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन हुने÷नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताउनुभयो । 

नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले निर्वाचनमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए तापनि पैसा लिएर मत माग्ने काम भएको विचार व्यक्त गर्नुभयो । संकल्पका महासचिव शोभा बस्नेतले अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीमैत्री खालको मतदानस्थल नभएको जनाउँदै आगामी दिनमा त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह