२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री

२०७४, ११ चैत्र आईतवार ११:०४

चैत ११, नुवाकोट | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गर्दैे भन्नुभयो, “पाँच वर्षमा पाँच वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ जसले जिल्लाको कायापलट गर्ने छ । पैसा छरेर मात्र विकास हुँदैन ।” 

मुख्यमन्त्री पौडेलले कतिपय स्थानमा वृद्धाश्रमको नाममा व्यापार समेत हुने गरेको बताउँदै नुवाकोटको जस्तो भवन हरेक जिल्लामा निर्माण गर्नुपर्छ भन्नुभयो । उहाँले पछिल्लो समय वृद्धहरुलाई परिवारले नहेर्र्ने समस्या बढेकाले परिवारबाटै हेरचाह गराउने अभियानसमेत प्रतिष्ठानले सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले वृद्धहरुलाई फरक रोग लाग्ने भएकाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, केशव पाण्डे र बद्री मैनालीले आआफ्ना धारणा राख्नु भएको थियो । विसं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटनमा छ रोपनी जग्गामा चारतले भवन बनाएको छ । सरकारी कार्यालयको करीव रु एक करोड ७२ लाख र दाताबाट प्राप्त रु एक करोड ४७ लाख भवन निर्माणमा लागेको थियो । 

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सत्तरी ज्येष्ठ नागरिकलाई केन्द्रमा आश्रय दिन सकिने क्षमता रहेको र प्रतिष्ठान हातामा ज्येष्ठ नागरिक अस्पताल बनाउने योजना रहेको जानकारी दिनुभयो । आज नै प्रतिष्ठानले सञ्चालन गरेको शतचण्डी महायज्ञ सम्पन्न भएको छ । प्रतिष्ठानको अक्षयकोष वृद्धि गराउन महायज्ञ गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन