१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री

११ चैत्र २०७४, आईतवार ११:०४

चैत ११, नुवाकोट | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गर्दैे भन्नुभयो, “पाँच वर्षमा पाँच वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ जसले जिल्लाको कायापलट गर्ने छ । पैसा छरेर मात्र विकास हुँदैन ।” 

मुख्यमन्त्री पौडेलले कतिपय स्थानमा वृद्धाश्रमको नाममा व्यापार समेत हुने गरेको बताउँदै नुवाकोटको जस्तो भवन हरेक जिल्लामा निर्माण गर्नुपर्छ भन्नुभयो । उहाँले पछिल्लो समय वृद्धहरुलाई परिवारले नहेर्र्ने समस्या बढेकाले परिवारबाटै हेरचाह गराउने अभियानसमेत प्रतिष्ठानले सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले वृद्धहरुलाई फरक रोग लाग्ने भएकाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, केशव पाण्डे र बद्री मैनालीले आआफ्ना धारणा राख्नु भएको थियो । विसं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटनमा छ रोपनी जग्गामा चारतले भवन बनाएको छ । सरकारी कार्यालयको करीव रु एक करोड ७२ लाख र दाताबाट प्राप्त रु एक करोड ४७ लाख भवन निर्माणमा लागेको थियो । 

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सत्तरी ज्येष्ठ नागरिकलाई केन्द्रमा आश्रय दिन सकिने क्षमता रहेको र प्रतिष्ठान हातामा ज्येष्ठ नागरिक अस्पताल बनाउने योजना रहेको जानकारी दिनुभयो । आज नै प्रतिष्ठानले सञ्चालन गरेको शतचण्डी महायज्ञ सम्पन्न भएको छ । प्रतिष्ठानको अक्षयकोष वृद्धि गराउन महायज्ञ गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह