मोरङको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

मोरङको"/>

2026-09-19 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ: मुख्यमन्त्री राई

चैत ११, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।

 

मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो । 

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताउनुभयो । 

सांसद शिवकुमार मण्डलले नागरिकलाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो छ भन्नुभयो । 

मोरङको कटहरी–१ स्थित तीन कठ्ठा १५ जग्गामा निर्मित उक्त विद्यालय रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । बा¥ह हजार वर्गफिटमा नवनिर्मित दुई तल उक्त भवनमा कार्यालय कक्ष, शिक्षक शिक्षिका कक्ष र शौचालयबाहेक १४ वटा कक्षा कोठा रहेका छन् । 

कक्षा ७ सम्म अध्यापन हुने यस विद्यालयमा २६३ विद्यार्थी अध्ययनरत छन् । 

विद्यालय भवन निर्माणका लागि यस क्षेत्रका उद्योगी तथा व्यापारीले सहयोग गर्नुभएको थियो । 

पशुपति शिक्षा प्रसार समिति नेपालले मुलुकभरि ३५ विद्यालय निर्माण गरी दुई हजार ५०० छात्र र तीन हजार ५०० छात्राको पठनपाठनको व्यवस्था गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता