१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी सिद्धान्तबाट सञ्चालन हुनुपर्योः नेका नेताहरु

१२ चैत्र २०७४, सोमबार ०९:२८

चैत १२, काठमाडौँ | प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गर्नुभएको छ । 

तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 

उहाँहरुले आगामी दिनमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिनुभएको थियो । 

विशेषगरी प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले आन्तरिक कारणले धेरै सिट गुमाउनुपरेको धारणा बैठकमा राख्दै आगामी दिनमा पार्टीलाई जीवन्त बनाइराख्न संगठन र कार्यशैली परिवर्तन गर्नुपर्ने खाँचोसमेत औँल्याउनुभएको थियो । 

बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचनमा प्राविधिक रुपमा पार्टीले पराजय भोगे पनि लोकप्रिय मतमा अग्रस्थानमै रहेको धारणा राख्नुभएको थियो । 

पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार उहाँले आगामी दिनमा पार्टी संगठनलाई चुस्त बनाउन खाँचो रहेको कुरामा जोड दिनुभएको थियो । 

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीभित्रको एकतालाई अझ बलियो बनाउँदै पार्टीको सिद्धान्त र व्यवहारमा फरक हुन हुनु हुँदैन भन्नुभएको थियो । 

बैठकमा लक्ष्मी परियार र डिला सङ्ग्रौलाले अगामी दिनमा पार्टीलाई गतिशील बनाउन नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो । 

नेका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ । 

बैठकको शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाउनुभएको थियो भने अर्का नेता डा नारायण खड्काले यसको बचावट गर्नुभएको थियो । 

शनिबारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठक अहिले पनि जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह