१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै सदनको संयुक्त बैठक चैत १५ गते

१२ चैत्र २०७४, सोमबार १०:२८

चैत १२, काठमाडौँ | प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिनुभयो । दुवै सदनको संयुक्त रुप संघीय संसद् हो । 

प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते भएको थियो । दुवै सदनको पहिलो बैठक छुट्टाछट्टै रुपमा गत फागुन २१ गते बसेका थिए । 

प्रतिनिधिसभामा अध्यादेश पेश 

प्रतिनिधिसभाको आजको बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ पेश भयो । 

संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उक्त अध्यादेश पेश गर्नुभएको हो । 

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसद रवीन्द्र अधिकारीको सट्टामा रामवीर मानन्धरलाई राखिएको छ । सभामुख महराले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सदस्यको नाम हेरफेरका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो । 

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १६ गते दिउँसो १ बजे बस्नेछ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह