2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

क्रान्तिकारी पत्रकार सगठनको अध्यक्षमा नेपाली निर्वाचित

चैत १२, अर्घाखाँची | वाक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तनका दोश्रो जिल्ला सम्मेलन  भन्ने मूल नाराका साथ क्रान्तिकारी पत्रकार सगठन जिल्ला समिति अर्घाखाँचीको दोश्रो जिल्ला सम्मेलन एक कार्यक्रमका बीच सन्धिखर्कमा सम्पन्न भएको छ । 

सम्मेलन क्रान्तिकारी पत्रकार सगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी व्युरो प्रकाश डुम्रेको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी खेम घर्ती जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली प्रेस चौतारीका जिल्ला सचिब अर्जुन मुसाल  प्रेस सेन्टर नेपालका अध्यक्ष गणेश खनाल प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे पर्यटन पत्रकार  सगठनका ५ प्रदेश संयोजक जितेन्द्र खत्री नवलपरासी अध्यक्ष शिव डुम्रेको आतिथ्यतामा सम्पन्न भएको थियो । 

सम्मेलनको उद्घाटन  गर्दै प्रमुख अथिति प्रकाश डुमेले आस्थाकै आघारमा पत्रकार माथि घोर पकड गर्नु दुखद भएको बताउनु भएको थिए । पत्रकारले राजनितिक लिडरको मात्र समाचार नलेखेर गरिब निमुखा जनताको पनि सामाचार लेख्नका लागि आग्रह समेत गरेका थिए । 

जनपक्षीय पत्रकारितामा कलम चलाउन जोड दिएका छन । उनले पत्रकारलाई हेर्न दृष्टिकोण फेर्न सरकार सग अनुरोध समेत गरे । एकअर्को प्रशगँमा बोल्दै डुम्रेले नेपाली पत्रकारिता जगत बदनाम बन्दै गएको भन्दै पेशागत मर्यादामा बस्न समेत अनुरोध समेत गरेका थिए । कार्यक्रममा यसरी मन्तब्य राख्नेमा जिल्ला सेक्रेटरी खेम घर्ती मगर जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल  पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली प्रेस चौतारीका जिल्ला सचिब अर्जुन मुसाल  प्रेस सेन्टर नेपालका अध्यक्ष गणेश खनाल प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे पर्यटन पत्रकार  सगठनका ५ प्रदेश संयोजक जितेन्द्र खत्री नवलपरासी अध्यक्ष शिव डुम्रे अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कुलराज बन्जाडे  लगायतले मन्तब्य राख्दै नेपालका पत्रकार माथि राज्यले फरक विचार फरक आस्था राखेको भरमा पत्रकार माथि दमन गर्नु दुखद भएको बताउदै अब राज्यले पत्रकारमाथिको दमन रोक्नुपर्ने बताउनुभएको थियो । 

सम्मेलनले अनिल नेपालीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ जिल्ला समितिको गठन गरेको छ ।  जसको सचिब मा अकित जि.सी कोषाध्यक्षमा सुरज सुरेन्द्र सुनार रहेको जिल्ला तदर्थ समितिको गठन गरेको छ । कार्यक्रम अनिल नेपालीको अध्यक्षता र पत्रकार विष्णु राउतको सञ्चालन पत्रकार सुरज सुरेन्द्रको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो