२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: स्थानीय तहका कामप्रति नागरिकको असन्तुष्टि

२०७४, १२ चैत्र सोमबार १५:४०

चैत १२, कालिकोट | जिल्लाका ९ वटै स्थानीय तहबाट भएका कार्यसम्पादनका कामहरुमा असन्तुष्टी बढ्दै गएको छ । झण्डै २० बर्ष पछि नागरिकहरुले आफैले चुनेका जनप्रतिनिधिबाट घर आँगनमा यातायात सेवा, खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा लगायतका धेरै अपेक्षाहरु राखेका थिए । तर त्यसो नभएले स्थानीय तहले सुरुवातकै बर्ष आफु अनुकूल नीतिगत निर्णयहरु, सडक नपुगेका स्थानीय तहमा समेत मोटरसाईकल तथा लाखौको रकम विभिन्न ठाँउको भ्रमण लगायतका कामले नागरिकहरु निकै असन्तुष्ट बनेका छन् ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका निवासी पत्रकार पवित्रकुमार शाहीले २० बर्षदेखीका भोका जनप्रतिनिधिहरुले स्थानीय तहलाई कम्पनीको रुपमा लिएको बताए । उनले आफु अनुकूल निर्णय तथा कसरी कमाउने भन्ने मान्यतामा स्थानीय तहका गतिविधिहरु भईरहेको बताउँदै यसले राम्रो परिणाम नआउने बताए । ‘जनताले मतदान गर्दा जे सोचेका थिए, त्यसको ठिक विपरित भएको छ’ उनले भने, ‘गाउँमा सिंहदरबार आयो भनेर भनेपनि गाँउमा शासक आएको महसुस गरिएको छ ।’

जिल्लाका कतिपय स्थानीय तहमा विज्ञापन नै नगरी नियम मिच्दै कर्मचारी नियुक्ति, स्वकीय सचिव, विभिन्न सल्लाहकार नाममा कर्मचारी राख्नु, आफु अनुुकुल कोठे उपभोक्ता समितिहरु गठन लगायतका बिषयमा बिबाद बढ््दै गएको छ । धेरैजसो स्थानीय तहका जनप्रतिनिधिहरुले १ सय ५० सिसी र २ सय २० सिसीसम्मका मोटरसाईकल गाँउपालिकाकै बजेटबाट खरिद गरेका छन् ।

जिल्लाको कालिका गाउपालिकाले २० लाख बजेट खर्च गर्ने गरी भ्रमणमा गएको बिषयलाई जिल्लामा सबै भन्दा बढी आलोचनाको बिषय बनेको छ । तिला कर्णाली बहुुमुखी क्याम्पसका स्ववियु सभापती भिमप्रसाद आचार्यले गाँउपालिकाले नागरिकहरुले तिरेको करबाट बनेको बजेट भ्रमणमा खर्च गरिनु जनमतको अपमान भएको बताए । उनले गाँउपालिकाको २० लाख बजेट खर्च गरेर जनप्रतिनिधिहरु पोखरा, मनकामना लगायतका ठाँउहरुमा महिनौसम्म भ्रमणमा गएर नागरिकहरुलाई प्रदान गर्ने दैनिक सेवाहरु समेत प्रभावित बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन