२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेत्रविक्रम चन्द नेतृत्वको क्रान्तिकारीले तोक्यो उमेर हदबन्दी

२०७४, १३ चैत्र मंगलवार १०:२५

चैत १३, काठमाण्डौ | नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । 

आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिनुभयो । 

‘‘चालिस– ५० वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले हामीले विद्यार्थी केन्द्रीय कमिटीमा रहनका लागि ३० वर्षे हदबन्दी तोकेका हौँ ।’’ 

विगतमा विद्यार्थीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्ने, शिक्षामा देखिएका विकृतिविरुद्ध संघर्षका कार्यक्रमसमेत गर्ने बताउँदै अध्यक्ष ढकालले चर्को शुल्क असुल्ने, वर्षैपिच्छे भर्ना गराउने, छात्रवृत्तिमा अनियमितता गर्ने, राष्ट्रियता विरोधी पाठ्यक्रम अध्ययन गराउने शैक्षिक संस्थाविरुद्ध संघर्ष गरिने जानकारी दिनुभयो । 

उहाँले अबको आन्दोलन उपलब्धिमुलक तरिकाले पृथक ढंगले गर्ने बताउनुभयो । दाङमा भएको सम्मेलनले ५९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन