१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेत्रविक्रम चन्द नेतृत्वको क्रान्तिकारीले तोक्यो उमेर हदबन्दी

१३ चैत्र २०७४, मंगलवार १०:२५

चैत १३, काठमाण्डौ | नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । 

आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिनुभयो । 

‘‘चालिस– ५० वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले हामीले विद्यार्थी केन्द्रीय कमिटीमा रहनका लागि ३० वर्षे हदबन्दी तोकेका हौँ ।’’ 

विगतमा विद्यार्थीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्ने, शिक्षामा देखिएका विकृतिविरुद्ध संघर्षका कार्यक्रमसमेत गर्ने बताउँदै अध्यक्ष ढकालले चर्को शुल्क असुल्ने, वर्षैपिच्छे भर्ना गराउने, छात्रवृत्तिमा अनियमितता गर्ने, राष्ट्रियता विरोधी पाठ्यक्रम अध्ययन गराउने शैक्षिक संस्थाविरुद्ध संघर्ष गरिने जानकारी दिनुभयो । 

उहाँले अबको आन्दोलन उपलब्धिमुलक तरिकाले पृथक ढंगले गर्ने बताउनुभयो । दाङमा भएको सम्मेलनले ५९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह