२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोलीको छर्रा बोकी हिडेकी माओबादी लडाकु भन्छिन ‘हामीलाई पार्टीले हेर्नुपर्छ’

१३ चैत्र २०७४, मंगलवार १०:४४

जितबहादुर भण्डारी/चैत १३, पाँचथर | सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । 

ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै बोकेर हिँडिरहनुभएको छ । 

युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन लडाकु मनकुमार राईसँग पार्टीभित्रै विवाह गर्नुभएकी अनुपा अहिले पाँचथर सुभाङमै बस्नुहुन्छ । उहाँका श्रीमान् बिगत चार वर्षदेखि मलेशियामा वेल्डिङको काम गर्दै आउनुभएको छ । 

अनुपालाई २०५९ वैशाख २४ मा भोजपुरको चैनपुर युद्धका क्रममा गोली लागेको थियो । उहाँको टाउको र देब्रे छातीमा रहेका छर्राले अहिले धेरै पीडा दिन थालेको छ । “यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउनै गाह्रो हुन्छ”, फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भन्नुभयो । 

विसं २०५७ मा ओखलढुंगाको कुइभिर माविमा ९ कक्षा पढ्दापढ्दै युद्धमा होमिनुभएको थियो अनुपा, जतिबेला उहाँ १५ वर्षकी हुनुहुन्थ्यो । “स्कूलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ”, उहाँले भन्नुभयो, “२०६३ सालमा छोरा जन्मेपछि पार्टीको शैन्य फाँट छोडेर आफ्नो छापामार जीवनकलामा पाँच वटा युद्ध लडेँ ।” 

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २०८५ माघ २२ मा काभ्रेको भकुण्डे आक्रमणमा अनुपाले वीरतापूर्वक लड्नुभयो । विसं २०५९ वैशाख २४ मा भोजपुरको चैनपुर आक्रमणमा गम्भीर घाइते हुँदापनि युद्धबाट फर्किने मन बनाउनुभएन अनुपाले, घाइते भएपछि पनि २०५९ भदौ २२ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उहाँले लडेको अन्तिम युद्ध हो । 

“रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ” आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भन्नुभयो, “साथीहरुले म मरेको रिपोर्ट कमाण्डरकहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।” गोली लागेर बेहोस भएकी उहाँ छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुग्नुभएको थियो । 

उहाँ शहीद भएको खबर घरसम्म पनि पुग्यो तर काजकिरियाचाहिँ गरिएनछ घरमा, माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुग्नुभयो तर छर्रा निकाल्न सकिएन । द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फाराम भरेपनि अहिलेसम्म कहीँ कतैबाट पनि क्षतिपूर्ति नपाएको उहाँले बताउनुभयो । 

आफ्नो उपचारका लागि कहाँ पुग्नुपर्छ, कति खर्च लाग्छ त्यो पनि आफूलाई थाहा नभएको उहाँको भनाइ थियो । अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै गाह्रो हुँदै गएको अनुपाको दुखेसो थियो । 

पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उहाँ अझै आशावादी हुनुहुन्छ । “हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र मजस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ”, अनुपाले पत्रकारसँग भन्नुभयो, “मेरो कुरा तपार्इंहरुमार्फत पार्टीका ठूला नेतासम्म पुग्छ भन्ने विश्वास छ ।” 

माओवादी केन्द्रका हिलिहाङ गाउँपालिका इन्चार्ज रविन तिम्सिनाले भन्नुभयो, शुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको तर उहाँको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उहाँको भनाइ थियो । 

अनुपाका १२ वर्षीय छोरा अहिले फिदिमस्थित नयाँ नमूना मावि कक्षा–७ मा पढ्दैछन् भने उहाँ सुभाङमै सासूआमासँग बस्दै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान