चैत्र १३ ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । 

मंगलबार संवाद डबलीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र १३ ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । 

मंगलबार संवाद डबलीमा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इयूको प्रतिवेदनले जातीय युद्ध निम्त्याउँछः डा. कोइराला

१३ चैत्र २०७४, मंगलवार १३:२०

चैत्र १३ ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । 

मंगलबार संवाद डबलीमा बसन्तश्रीद्वारा लेखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, “कुरा प्रष्ट छ, इयूले जातीय युद्ध निम्त्याउँने उद्देश्यले प्रतिवेदन तयार गरेको छ, त्यसको सबैले विरोध गर्नुपर्छ ।” उनले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताए । 

डा. कोइरालाले अर्को प्रसंगमा गाई काटेर खाने नखाने प्रश्न ठूलो नभएपनि राष्ट्रिय जनावार भएकोले काट्न नहुने बताए । “गाई काटेर मासु खानु भनेको हिन्दू धर्मालवम्बीको आस्थामाथि हमला हो” डा. कोइरालाले भने । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगहरुलाई अलगथलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको आरोप लगाउँदै डा. कोइरालाले भने, “प्रदेशदेखि केन्द्रसम्म कम्युनिस्टकै बहुमत छ तरपनि ओलीले जीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ । शक्तिको पृथकीकरणको बेवास्ता गरिँदैछ । अब विस्तारै मिडियामाथि सन्सर लगाईनेछ ।” उनले राष्ट्र र लोकतन्त्र अप्ठ्यारोमा परेको बताउँदै ओलीको निरंकुशतालाई स्वीकार नगर्ने बताए । 

चुनावमा भएको हारबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भएको जानकारी दिँदै डा. कोइरालाले कमजोरीलाई सच्चाएर जान सबै सहमत भएको बताए । उनले केन्द्रीय समिति बैठकपछि विधान संशोधन समिति बनाएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए । 

पुस्तकले हुम्लाको मात्र नभएर भाषा र संस्कृतिलाई उजागार गरेको बताउँदै नेता कोइरालाले लेखकलाई धन्यवाद दिए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, प्रा.डा. प्रेम शर्मा, डा. नारायण गडतौला, डा. दीपेन्द्र रोकाया, समाजसेवी बसन्ती शाहीलगायतले हुम्ली भाषामा लेखिएको पुस्तकमाथि चर्चा गरेका थिए । उनीहरुले पुस्तकले हुम्ली भाषा र संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने विश्वास गरेका थिए । 

पुस्तकका लेखक बसन्त रोकायाले साहित्य समाजको चित्र र चरित्र, भाषा मानिसको पहिचान र प्राण भएको बताउँदै त्यसमा ईटा थप्ने प्रयास गरेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह