2026-09-19 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो: नेता गच्छदार

चैत १४, विराटनगर | नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गर्नुभयो । “उहाँले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो भन्नुभयो । ” 

उहाँले संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो भन्नुभयो । नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पु¥याएर बोल्नुपर्नेमा जोड दिनुभयो । 

नेपाली काँंग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका गच्छदारले वर्तमान सरकारको एक सय दिन पूरा नभएकाले अहिले नै कुनै टिप्पणी नगर्ने बताउनुभयो । 

एक प्रश्नको जवाफमा नेता गच्छदारले नेपाली काँग्रसको केन्द्रीय समितिको बैठक अहिले सम्पन्न नभएको महासमिति र महाधिवेशनको कहिले बोलाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो