१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले बैशाख १ मा रारा तालबाट सम्बोधन गर्ने

१४ चैत्र २०७४, बुधबार १०:१४

चैत १४, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने हुनु भएको हो ।

नेपाल ट्रेड यूनियनमहासंघ (जिफन्ट) को ७ महाअधिवेशनको आज राजधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

“कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्रीओलीले भन्नुभयो “राराबाट यसपालीपर्यटनको बिगुलबजाइनेछ ।” समृद्ध नेपालको मुख्यआधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने माप्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्रीओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताउनुभएको छ । “यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्रीओलीले भन्नुभयो  “यो सरकारले नेपाल बनाउछ। केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरयाण्ड जस्तो भन्नेछन् ।”

प्रधानमन्त्रीओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताउनुभएको छ । तर हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । “सरकार जनताको सेवक हो । कसैलाई दमनगर्दैन तर जनतालाई दुःखदिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”

प्रधानमन्त्री ओलीले महासंघले राष्टिकय राजनीतिमा ठुलो प्रभावनपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताउनुभएको छ । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने,उनीहरुको उत्थानगर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ”प्रधानमन्त्रीओलीले भन्नुभयो “अहिलेको सरकारको प्राथमिकता पनि त्यहीहो ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह