१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेतृत्व परिवर्तनको विकल्प छैन: नेता सिंह

१४ चैत्र २०७४, बुधबार १०:२६

चैत १४, नेपालगन्ज | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।” 

नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भन्नुभयो । 

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भन्नुभयो । 

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भन्नुभयो –“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह