१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत

१४ चैत्र २०७४, बुधबार १२:३१

चैत १४, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना (२०७१÷०७२–२०७५÷०७६) अन्तर्गत मतदाता शिक्षा र लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सोहीबमोजिम सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको अवगत गराउनुभयो । 

गत आवमा आयोगले ६४ दिन मात्रै बाँकी रहेको चुनौतीपूर्ण अवस्थामा पनि स्थानीय तह निर्वाचन, २०७४ को व्यवस्थापन गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित चार नियमावली र १६ निर्देशिका जारी गर्नाका साथै गत आवअन्तर्गत विसं २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो । 

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी विसं २०७३ कात्तिक २६ गतेदेखि २०७४ माघ मसान्तसम्म विशेष कार्यक्रम सञ्चालनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक तथा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली तयार गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको जानकारी उहाँले दिनुभयो । 

गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु रु ४७ करोड ८९ लाख ६३ हजारमध्ये रु २८ करोड ६५ लाख तीन हजार फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जनाइएको छ । सो अवसरमा आयोगका आयुक्त, राष्ट्रपति कार्यालयका सचिव, आयोगका सचिव तथा अन्य पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । 

प्रतिवेदनमा गत आवमा आयोगले सम्पादन गरेका कार्य उल्लेख छन् । नेपालको संविधानको धारा २९४ अनुरुप आयोगले आफूले गरेका कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने र आयोग ऐन, २०७३ को दफा ४५ बमोजिम सार्वजनिकसमेत गर्नुपर्ने व्यवस्था छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह