२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राजनीतिक पुर्वाग्रहकै कारण जागिर चट्

२०७४, १४ चैत्र बुधबार १३:५२

चैत १४,कालिकोट । नरहरीनाथ गाउँपालिका वडा नं. ७ मा राजनीतिक पुर्वाग्रहकै कारण कार्यालय सहायक दलबहादुर बढाको जागिर गएको छ । २०५३ सालदेखि साविकको माल्कोट गाविसको कार्यालय सहायक पदमा काम गर्दै आएका बुढाको स्थानिय निर्बाचन पछि राजनीतिक पुर्बाग्रहकै कारण जागिर गएको हो ।

नरहरीनाथ गाउँपालिका वडा नं. ७ का कार्यालय सहायक बुढाको गत मंसिरदेखि वडा कार्यालयले जागिरबाट हटाएको बताए । सरकारले स्थानीय तहमा पहिलेदेखी काम गरिरहेका कर्मचारीहरुलाई पुनः करारमै काम गर्न लगाउने र प्रदेश लोक सेवा आयोगको पहिलो परिक्षामा आन्तरिक रुपमा हुने जाँचमा सहभागी गराउने भने पनि त्यसलाई लत्याउदै नेकपा माओबादी केन्द्रबाट जितेका वडाध्यक्ष दलबहादुर बिकले राजनीतिक पुर्वाग्रहकै कारण आफुलाई हटाएको बुढाले बताए ।

२१ वर्षसम्म गाविसको कर्मचारी भई सेवा दिएका बुढालाई नरहरीनाथ गाउँपालिका वडा नं ७ का वडाध्यक्षले राजनीतिक पुर्वाग्रही ढंगले एकल निर्णय गरि हटाएको बुढाको दाबी छ । उनले आफ्नो पदमा विज्ञापन नै नगरी अर्को कर्मचारी नियुक्त गरेकोप्रति आपत्ती जनाए ।

गत पुस १८ गते आफु काम विशेषले वडा कार्यालय भन्दा बाहिर रहेको बेला पुस २४ गतेका दिन एकलौटी ठाडो निर्णय गरि आफुलाई हटाएको उनले बताए । उनले गाउँपालिकाका बुद्धिजिवीको भेलाले पुर्नवहालीको लागि गाउँपालिकामा पटक पटक निवेदन दिँदा पनि गाउँपालिकाले वास्ता नगरेको भन्दै दुःख व्यक्त गरे । यता नरहरीनाथ गाउँपालिका वडा नं ७का वडाध्यक्ष दलबहादुर विकले आफु निर्वाचन भईसकेपछि कार्यालयमा निरन्तरता नदिएका कारणले बाध्य भएर अर्को कर्मचारी नियुक्त गर्न परेको बताए ।

स्थानीय तह निर्वाचनमा निर्वाचित भइसकेपछि आफुलाई काम गर्न असहज वातावरण सिर्जना भएकाले आफुले पदबाट हटाउनु परेको वडा अध्यक्ष विकको दाबी छ । उनले वडाको काम नगरि १ महिनासम्म बेपत्ता भएर वडा कार्यालयमा हाजिरी नभएकाले ७ दिनको सूचना निकाल्दा पनि कार्यालयमा उपस्थिति नहुँदा हटाउन परेको बताए ।
२०६८÷०६९ सालको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको जनगुनासो आएकाले आफुले बुभ्mदा बुढाले आफुलाई गालीगलौज गरेका कारण गाउँकार्यपालिकाको निर्णय अनुरुप हटाइएको वडाध्यक्ष बिकको भनाई छ । तर कार्यालय सहायक दलबहादुर बुढाले आफुले नियमित वडा कार्यालयको काम गरिरहेको र वडा अध्यक्षलाई गाली पनि नगेको, वडा कार्यालययमा बिदा मागेर आफु बाहिर गएको बेला हटाईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन