चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओल"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको सहयोग आवश्यक : प्रधानमन्त्री

१५ चैत्र २०७४, बिहीबार ०८:१५

चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“समाजमा शान्ती सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिस मानसिक,आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुदैन भन्ने महसुष गर्दछ । जब यस्ते भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ती कायम हुन्छ । ” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ती कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 समाजलाई शान्तीपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।“२६१७ बर्ष अघि जन्मनु भएका महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिसलाई शान्त बनाउन उहाँका उपदेश र उहाँको जीवनचर्याको चर्चा अहिले पनि उतिकै सान्दर्भिक छन् ।”

 प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताउनुभएको छ । “अब सबै जात,धर्म,सम्प्रदायले देशर देशबासीको हित,सुख र समृद्धिमा लाग्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह