१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सुशासन कायम गर्न न्यायालयमा शुद्धताको खाँचो ः कानुन मन्त्री

१५ चैत्र २०७४, बिहीबार ११:३६

ताराबहादुर महत । चैत्र १५, दोलखा । न्यायालय शुद्ध नभई देशमा सुशासन कायम हुन नसक्ने भएकोले वर्तमान सरकार न्यायलयको शुद्धिकरण गर्न तयारीमा रहेको संघिय सरकारका न्याय कानुन तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङले बताउनुभयो ।


दोलखाको सबैभन्दा पुरानो गौरीशंकर बहुमुखी क्याम्पसको ३७ औं स्थापना दिवसमा आयोजित समारोहलाई बिहिबार चरिकोटमा सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले न्यायालयले न्याय सम्पादन गर्दा स्वच्छ, जनमुखी र पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । अरबौंको भ्रष्टाचार गर्नेहरु न्यायलयबाट सफाई पाएर आउने र आसेपासेहरुले माला लिएर स्वागत गर्न आउने परम्परा रहेको भन्दै अब त्यस्तो नहुने मन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो । ‘‘भ्रष्टाचार, बलत्कार लगायतका कुनै पनि जघन्य अपराधमा संलग्न अपराधीलाई सरकारले नियन्त्रणमा लिएर न्यायालयमा पठाएपछि सफाई पाएर फर्कने छैन’’, मन्त्री तामाङले भन्नुभयो ।

यसैगरी कार्यक्रमकालाई सम्वोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले गौरीशंकर वहुमुखी क्याम्पसलाई शैक्षिक संस्थाहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश नं ३ का सासद पशुपति चौलागाईले क्याम्पसलाई नयाँ विषयको खोजी सहित फरक पहिचानको शैक्षिक थलोको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भिमेश्वर नगरपालिका प्रमुख भरत केसी लगायतले शुभकामना सहित दोखलालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न योजना वनाएर अगाडि वढ्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा क्याम्पसको आर्थिक आयव्यय सहितको प्रगति प्रतिवेदन क्याम्पस प्रमुख शान्त केसीले प्रस्तुत गर्नुभएको थियो । क्याम्पसको स्थापना दिवसको अवसर पारेर क्याम्पसलाई आर्थिक सहयोग गर्नुहुने रामहरि श्रेष्ठ, विष्णुलक्ष्मी श्रेष्ठ र पुरुषोत्तम दहाललाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । 

क्याम्पसबाट शिक्षाशास्त्र संकायमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने ५० जना विद्यार्थीहरुलाई सम्मानोपहार प्रदान गरिएको छ । त्यसैगरीे शिक्षाशास्त्र शंकाय अन्र्तगत स्नातक तहबाट शारदा उप्रेति, व्यवस्थापन शंकायतर्फ शिला अधिकारी र मानविकी शंकायतर्फ श्यामकुमार बस्नेत उत्कृष्ट विद्यार्थी पुरस्कारबाट पुरस्कृत भएका छन् । दिवसको पुर्व सन्ध्यामा आयोजना गरिएको साताव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको क्याम्पसले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह