२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारको जवाफ कामबाटै दिन्छौँ: मुख्यमन्त्री शाही

२०७४, १६ चैत्र शुक्रबार ०६:०२

चैत १६, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताउनुभएको छ । 

बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गर्नुभएको हो । “हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने बेलासम्म पर्खनु पर्दछ भने प्रदेश सरकारको बीउ पनि भर्खरै रोपिएको छ,” उहाँले भन्नुभयो । एक वर्षसम्म पत्रकारलाई नजिकबाट सहयोग दिएर त्यसपछि मात्र आलोचना गर्न उहाँले आग्रह गर्नुभयो । 

अहिलेको अवस्थामा यो प्रदेशलाई रहन नदिने भन्दै उहाँले केही दिनमै स्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताउनुभयो । दुईलेनको कर्णाली करिडर निर्माण, हिल्सा, नाक्चेलाग्ना, डोल्पा जिल्लाबाट उत्तरतर्फ नाका खोल्ने, विद्युतीकरण, स्वास्थ्य र शिक्षामा जोड दिइने उहाँको भनाइ थियो । त्यसको साथै सिंगो पर्यटनको विकासका लागि ‘रारा पर्यटन वर्ष—२०७५’ को शुभारम्भ राराबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उहाँले जनाउनुभयो । 

यता आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशका पत्रकारको भूमिका निकै सकारात्मक र प्रशंसनीय रहेको प्रतिक्रिया गर्नुभयो । “सरकारको सबैभन्दा नजिकको वर्ग पत्रकार हो, यसले सरकारको सधँै खबरदारी र रचनात्मक आलोचना गर्नुपर्दछ,” योजनामन्त्री ज्वालाले भन्नुभयो । 

उहाँले भ्रष्टाचार, अनियमितता हुन नदिन सार्वजनिक खरिद ऐन बनाउन थालिएको र मिडिया जगत्लाई पनि तीन महिनाका लागि ल्याउन थालिएको बजेटमा सम्बोधन गर्ने जनाउनुभयो । सरकार पहिले संरचना पछि हुँदा घोडा पछिपछि बग्गी अघिअघि जस्तो भएको व्यंग्य गर्दै उहाँले कानूनको सूची बनेको तर कानून बन्न बाँकी रहेको तर्क गर्नुभयो । 

कर्णाली प्रदेशबाट बग्ने भेरी बबई डाइभर्सनको सबै पानी ५ नं प्रदेशले प्रयोग गर्ने भएकाले यसको बारेमा बहस अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा पत्रकारले मदिराले समाजमा जन्माएको अपराध, कोटेसन प्रणाली, टेण्डर घटिघटाउ, टुक्रे योजनाले जन्माएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने र सार्वजनिक खरिद ऐनको नाममा केन्द्रीकृत गरिएको विज्ञापन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा